Comments Add Comment

एईसीसी ग्लोबलद्वारा काठमाडौंमा ‘अष्ट्रेलियन एडमिशन डे’ आयोजना

aecc-global
१० माघ,काठमाडौं । अष्ट्रेलिया अध्ययन गर्न जाने बिद्यार्थीहरुलाई परामर्श दिँदै आएको ‘एईसीसी ग्लोबल’ले अष्ट्रेलियन एडमिशन डे जनवरी २०१७ आयोजना गरेको छ ।

जनवरी २२ तारिकका दिन विहान ११ देखि बेलुकी ४ बजेसम्म होटल याक एण्ड यतिमा आयोजना भएको कार्यक्रममा करिव ९ सय जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा नेपालमै पहिलो पटक विदेश अध्ययन सम्बन्धि जिज्ञासाको समाधानका लागि फेसबुक डिस्कशन सेशनको पनि आयोजना गरिएको थियो ।

कार्यक्रम मार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रबृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी सम्पुर्ण जानकारी लिने अवसर प्रदान गरिएको आयोजकको दावी छ । कार्यक्रममा अष्ट्रेलियामा एमबीए, बिजनेश प्रोग्राम, विज्ञान तथा ईञ्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्यूनिकेशन, मेडिसिन र नर्सिङ, अध्ययन लगायत अन्य विविध विषयका बारेमा समेत समग्र जानकारी उपलब्ध गराइएको थियो । सहभागीहरुलाई आयोजकले पोष्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभल मध्य आफ्नो अध्ययन क्षेत्र रोज्न सक्ने अवसर प्रदान गरेको जानकारी दिइएको छ ।

aecc-global2
कार्यक्रममा सहभागी विद्यार्थीले २२ ओटा अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनीधिसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक जानकारी प्राप्त गरेको आयोजकको भनाइ छ । साथै, तत्काल प्रक्रिया अगाडी बढाई आफ्ना आवेदन विश्वविद्यालय सामु प्रस्तुत गर्ने अवसरपनि कार्यक्रममा प्रदान गरिएको थियो ।

कार्यक्रम मार्फत विद्यार्थीले आवेदन शुल्क अधित्याग तथा शुल्क रहित प्रोशेेसिङ सुविधा, विश्वविद्यालयका प्रतिनीधि सँग प्रत्यक्ष परामर्श लागायत सुविधा प्राप्त गरेकाछन् ।

कार्यक्रममा सहभागीका लागि आईईएलटीएस/पीटीई/टोफल अध्ययनका लागि विशेष प्याकेजको ब्यवस्था समेत गरिएको संस्थाले जानकारी दिएको छ । सहभागीलाई अष्ट्रेलियामा अध्ययन पश्चात चार बर्ष सम्मका लागि कार्य अधिकार -वर्क राइट) पनि प्रदान गरिने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

aecc-global3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment