Comments Add Comment

सिद्धबाबाको पहिरो रोक्न नेपालमै पहिलोपटक ‘रक नेट’ प्रयोग

siddha-baba-rocknet-6
१० माघ, रुपन्देही । विश्वका धेरै देशमा सफल मानिएको ‘रक नेट’ प्रविधि सिद्धबाबाको पहिरो रोक्न नेपालमा पहिलोपटक प्रयोग गरिएको छ ।

पहिरोले वर्षेनी १५-२० जना व्यक्तिको ज्यान जान थालेपछि र बुटवल-पाल्पा सडक अवरुद्ध हुन थालेपछि नमूना परीक्षण स्वरुप रक नेट प्रविधि (जाली) जडान गरिएको हो ।siddha-baba-rocknet-1

माथिबाट झरेर आउने ढुंगालाई जालीले अड्याएर राख्ने र सिधै सडकमा खस्न नपाउने हुँदा दुर्घटना न्यूनीकरणका लागि उपयोगी हुने विश्वास गरिएको छ ।

सिद्धबाबादेखि दोभानसम्म चट्टानसहितको तीन किलोमिटर सडकखण्डको भिरमा प्वाल पारेर जाली राख्ने काम भइरहेको छ जसले प्रतिघण्टा एक सय किलोमिटरको गतिमा आएको दुई टन गह्रुङ्गो ढुंगासमेत रोक्ने बताइएको छ । सो जाली ५० वर्षसम्म टिक्ने भूगर्भविद् एवं त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक इन्जिनियर डा. रञ्जन दाहालले बताए ।

उनले भने, ‘अहिले नमूनाको रुपमा जोड्दैछौं, यसको सफल परीक्षण हुने हाम्रो बिश्वास छ । जालीको टिकाउ अवधी ५० वर्ष हुन्छ ।’

siddha-baba-rocknet-8

एक सय २० वर्ग मिटरमा चार मिटर उचाई र २७ मिटर चौडाईमा रकनेट जडान गरिँदैछ । जियोटेक सोलुसन इन्टरनेशनल इन्जिनियरिङ कम्पनीले अष्ट्रियन प्रविधिको रक नेट जडान कार्य गरिरहेको छ ।

जाली भीरमा अड्याउनको लागि ड्रिलिङ मेसिनले चार देखि आठ मिटर सम्मका प्वाल बनाउने काम भएको छ । यो कार्य करिब १ महिनाभित्रमा सकिने प्राविधिकको भनाइ छ ।

siddha-baba-rocknet-4

भारतबाट जाली र अन्य आवश्यक प्रविधि ल्याइएको छ जसको लागत ६० लाख पर्ने जनाइएको छ । जालीमा आएको ढुंगा जाली काटेर अथवा त्यसलाई सानो-सानो टुक्रा पारेर फाल्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment