Comments Add Comment

सांसदको प्रश्नः सुन भित्रिने विमानस्थलबाट हतियार भित्रियो भने

तीन वर्षमा ३८५ किलो अवैध सुन भित्रियो

१० माघ, काठमाडौं । संसदको अर्थ समितिका सभापति प्रकाश ज्वालाले तीन वर्षमा ३८५ किलो सुन अवैध रुपमा तस्करी भएको तथ्यांक पेश गर्दै सरकारको जवाफ मागेका छन् ।

prakash-jwalaव्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद ज्वालाले सुन तस्करहरु आफू अनुकुलको प्रहरी प्रमुख बनाउन लागि परेको आरोप समेत लगाए । उनले भने-विमानस्थलबाट बाकसका बाकस अवैध सुन भित्रिनु राष्ट्रिय लज्जाको विषय हो । भरियामात्र पक्रिने र तस्करीका नाइके उम्किने अवस्था किन आयो ? सरकारले जवाफ दिनुपर्छ ।’

उनले अघि भने, अहिले सुनिँदैछ, तीनै तस्करहरु आफू अनुकुलको आईजीपी (प्रहरी प्रमुख) बनाउन लागेका छन् ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाकस र सुटकेसमा अवैध सुन भित्रिँदा पनि थाहा नपाइनु सुरक्षा लापरवाही भएको भन्दै ज्वालाले यसबाट नेपालको सुरक्षामाथि समेत प्रश्न उठ्ने बताए । उनले भने-अवैध सुन र लागु औषध भित्रिने विमानस्थलबाट अवैध हात हतियार भित्रिँदैन भन्ने के ग्यारेन्टी ? त्यो अवैध हतियारले देश तहसनहस बनाउन सक्छ ।’

सांसद ज्वालाले सुन तस्करीका नाइकेलाई पक्राउ गर्ने र अवैध तस्करी रोक्ने काममा सरकार उदासिन रहेको आरोप समेत लगाए । उनले हालैमात्र विदेशीको दबावमा सरकारले नागरिक उड्डयन सुरक्षा नियमावली संशोधन गरेर भारतका एयर मार्सल राख्न अनुमति दिएको भन्दै आपत्ति जनाए ।

संसद बैठकमा फोरम लोकतान्त्रिकका सांसद डा.सुबोध पोखरेलले देश बिखण्डन गर्ने भन्दै सीके राउतले सिराहाको लाहानमा खुला सभा गर्दा पनि छुट दिएको भन्दै सरकारको आलोचना गरे । पोखरेलले भने-सीके राउत भन्ने भुत हो भने सरकारले प्रष्ट पारोस् । मान्छे हो भने त्यस्ता बिखण्डनकारीलाई पक्राउ गरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment