Comments Add Comment

आरबीबी र एनआइडिसी गाभ्ने निर्णय अबको मन्त्रिपरिषदबाटः अर्थमन्त्री

Krishna Mahara (2)
१० माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) र एनआइडिसी डेभलपमेण्ट बैंकको मर्जको निर्णय अबको मन्त्रिपरिषद बैठकले गर्ने बताएका छन् ।

“मर्जर गर्ने मन्त्रालयको प्रस्तावमा मैले हस्ताक्षर गरिसकेँ । अबको मन्त्रीपरिषदको वैठकमा प्रस्तुत हुन्छ ।” सोमवार काठमाण्डौमा वाणिज्य बैंकको ५२ औ वार्षिकोत्सब समारोहलाइ संवोधन गर्दै उपप्रधानमन्त्री महराले भने ।

उनले दुबै बैंकको मर्जको प्रकृया अन्तिम चरणमा पुगेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment