Comments Add Comment

‘जोनी जेन्टलम्यान’मै ५ महिना वित्यो पलको

johny gentalman (1)
यो बर्षको दशैं भन्दा २० दिन अगाडिबाट छायांकन सुरु भएको थियो, चलचित्र ‘जोनी जेन्टलम्यान’को । तर, माघको १० गतेसम्म आइपुग्दा पनि यसको छायांकन सकिएको छैन । यसरि, हेर्दा करिब ५ महिनाको समय चलचित्रको छायांकनमै बितेको छ । यो चलचित्रको शिर्ष भूमिकामा नायक पल शाह देखिदैछन् । अझै, पनि केहि फाट्टफुट्ट दृश्य खिच्न बाँकी रहेको वुझिएको छ ।

पल नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु’मा पनि अनुवन्धित छन् । पलकै कारण यो चलचित्रको छायांकन ढिलो भैरहेको छ । तिहार लगतै छायांकनमा जाने भनिएतापनि पल ‘जोनी जेन्टलम्यान’को काममा व्यस्त भए । माघ २१ गतेबाट छायांकनमा जाने घोषणा निर्देशक सुदर्शन थापाले गरिसकेका छन् । चलचित्रको छायांकन अगाडि वर्कशप गर्ने सोच पनि उनको छ, तर नायकका कारण भने जस्तो भैरहेको छैन ।

चलचित्र ‘जोनी जेन्टलम्यान’मा पल शाह र आँचल शर्माको जोडी देखिदैछ । साथमा, रीमा विश्वकर्मा, निलम चन्द लगायतका कलाकार पनि विशेष भूमिकामा देखिन लागेको निर्देशक नितिन चन्दले बताए । उनले, चलचित्रको कथा नै निकै गाह्रो ढाँचामा तयार भएकाले समय लागेको बताए । उनले भने-‘हामी हलिउड र बलिउड चलचित्र धेरै हेर्छौ । सोहि, शैलीमा चलचित्र बनाउने सोच राखियो । तर, नेपालमा उपलब्ध श्रोत र साधन अनुसार बनाउनुपर्ने रहेछ ।’

चलचित्र पूर्ण मनोरञ्जनात्मक कथामा तयार भएको र पर्दामा हेर्दा दर्शकले आफूहरुको मिहिनेत देख्ने उनले सुनाए । उनले चलचित्रको छायांकन अवधी बढ्दा वजेट पनि धेरै बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment