Comments Add Comment

आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने मुद्रा कोषको प्रक्षेपण

IMF
१० माघ, काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

आईएमएफको टोलीले जनवरी ११ देखि २३ सम्म नेपालको भ्रमण गरेर अर्थमन्त्री, गभर्नर, निजी क्षेत्र लगायतसँग छलफल गरेको छ । र, चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर सरकारको लक्ष्य भन्दा एक प्रतिशत कम हुने प्रक्षेपण गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७३/०७४ मा ६.५ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य दिएको छ ।

आईएमएफले यो वर्षको राम्रो मनसुन, चुस्त मौदि्रक नीति, सरकारी खर्च लाई आधारित मानेर ५.५ प्रतिशत आर्थिक वृद्धिद्धर सम्भव रहेको बताएको छ । तर, विकास बजेट खर्च नहुनुलाई यसको मुख्य चुनौतीका रुपमा औल्याएको छ ।

आईएमएफले भारतको नोटबन्दीले नेपाली अर्थतन्त्रमा न्यून प्रभाव देखिएको बताएको छ । बैंकसँग धेरै भारु नभएको भन्दै उसले कर्पोरेट र साधारणसँग भएको रकमले उनीहरुको क्रय शक्ति घटाएपनि अर्थमन्त्रमा ठूलो असर नपरेको उसको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment