Comments Add Comment

शुक्रराज अस्पतालमा सिटी स्क्यान सेवा सुरु

निर्देशक भन्छन्- स्रोत साधन अभावमा काम गर्न कठिनाई

१० माघ, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पतालले सिटी स्क्यानको सेवा विस्तार गरेको छ । अस्पतालले अस्पतालजन्य फोहोर व्यवस्थापन कार्य पनि सुरु गरेको छ ।

shukraraj-hospitalशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल शहिद शुक्रराज शास्त्रीको नाममा स्थापना गरिएको सरुवा रोग सम्बन्धी नेपालको एकमात्र सरकारी अस्पताल हो । तर, स्रोत साधन अभाव भएकाले सरुवा रोग रोकथामको चुनौति सामना गर्न कठिनाई भइरहेको अस्पताल प्रशासनको गुनासो छ ।

अस्पतालका निर्देशक डा. रमेशकुमार खरेलले सरकारले कम बजेट छुट्याएकाले काम गर्न अफ्ठ्यारो भएको बताए ।

सरुवा रोगको चुनौतिको सामना गर्न अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने सपना अझै पुरा हुन नसकेको पनि उनले स्पष्ट पारे । सरकारले अस्पतालका लागि यस वर्ष १२ करोड ६९ लाख ९९ हजार रुपैयाँ बजेट मात्रै छुटयाएको र सो बजेट रेबिज रोगको रोकथाम कार्यक्रमका लागि मात्रै पुग्ने उनले बताए ।

अस्पतालको ८३ औं स्थापना दिवसको अवसरमा सिटी स्क्यान सेवा शुभारम्भ गर्दै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले अस्पतालले गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment