Comments Add Comment

भैरहवाको बजेट १ अर्ब १२ करोड

सलमान खान

siddhartha-nagarpalika
१० माघ, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले (भैरहवा) आगामी आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट १ अर्ब १२ करोड ३१ लाख ८ हजार रुपैयाँ सार्वजनिक गरेको छ ।

उक्त बजेट मध्ये प्रशासनिक तर्फ ६ करोड, ६३ लाख ६० हजार रुपैयाँ, चालु तर्फ ७ करोड ४१ लाख ८५ हजार रुपैयाँ चालु र पुँजिगत तर्फ ९८ करोड २५ लाख ६३ हजार रुपैयाँ रहेको छ । २० औं नगरपरिषदले स्विकृत गरेको बजेट, वार्षिक नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्दै नगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको बताए ।

त्यस्तै आन्तरीक आय तर्फ कर, दस्तुर, शुल्क गरी ८ करोड २ लाख २० हजार, नेपाल सरकारको अनुदान तर्फ १२ करोड ५७ लाख ३८ हजार, राजस्व बाँडफाँड तर्फ १ करोड ५० लाख, सडक बोर्ड तर्फ १ करोड, एकीकृत शहरी विकास आयोजना तथा क्षेत्रिय शहरी विकास आयोजना तर्फ एशियाली विकास बैंकको अनुदान ८० करोड २३ लाख, एकीकृत शहरी विकास आयोजना तर्फ ११ करोड ८३ लाख र क्षेत्रीय शहरी विकास आयोजना तर्फ ६८ करोड ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उनले बताए ।

त्यस्तै उनका अनुसार नगर विकास कोषको ऋण २ करोड २१ लाख, नगर विकास कोषको सहयोगमा संचालित अन्य योजनाहरुमा अनुदान गरी २५ लाख तथा समाजिक सुरक्षा भत्तामा ५ करोड ३५ लाख ५० हजार रुपैयाँ प्राप्त हुनेछ ।

यस्तै एलजीसीडीपी तर्फ सामाजिक परीचालक कार्यक्रमका लागि ६५ लाख, जिल्ला बिकास समितिबाट प्राप्त हुने अनुदान ४० लाख र लागत सहभागिता बापत स्थानिय समुदायबाट १२ लाख प्राप्त हुने अनुमान समेत आगामी बर्षको बजेटमा गरीएको छ ।

आगामी आर्थिक बर्षमा भौतिक पूर्वाधार तर्फ ९७ करोड, ४५ लाख ३८ हजार र सामाजिक बिकासमा ७ करोड ४१ लाख ८५ हजार रुपैयाँ बजेट नगरपालिकाले स्विकृत गरेको छ ।

भौतिक पूर्वाधार तर्फ विनियोजित रकममध्ये सडक, ढल र फोहोर मैला प्रशोधन केन्द्रमा ९७ करोड ४५ लाख ३८ हजार, नियमित सरसफाई (खुल्ला दिसामुक्त कार्यक्रम समेत) तर्फ १ करोड ५ लाख, सडक बत्ती व्यवस्थापनका लागि २५ लाख रुपैयाँ बजेट स्विकृत भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख रेग्मीले बताए ।

त्यस्तै नगरपालिकाले सामाजिक बिकास अन्र्तगत महिला, बालबालिका, दलित, जनाजाति अपांग, जेष्ठ नागरिक, मुस्लिम लगायत गरी लक्षित वर्गको बिकासका लागि ४७ लाख ५० हजार रुपैयाँ स्विकृत गरेको छ ।

कार्यक्रममा नेपाल सरकारद्वारा तराई जिल्ला सदरमुकाममा प्रदान गर्ने ५० करोडको बजेट पनि विनियोजन गरी कार्यवाही प्रक्रिया अगाडी बढाइएको प्रमुख रेग्मीले बताए ।

सिद्धार्थ श्रमजिवी पुरस्कार रायमाझीलाई

kamal-rayamajhiसिद्धार्थ नगरपालिकाद्वारा स्थापित सिद्धार्थ श्रमजीवी पत्रकारीता पुरस्कारबाट राससका सिद्धार्थनगर संवाददाता कमल रायमाझी पुरस्कृत भएका छन् ।

नगरपालिकाद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा प्रत्येक वर्ष बितरण हुँदै आएको उक्त पुरस्कार ०७२ रायमाझीलाई प्रदान गरिएको हो ।

नगरपालिकाले आयोजना गरेको आगामी आर्थिक वर्षको बजेट सार्वजनिकिकरण समारोहमा सोमबार भैरहवामा पत्रकार रायमाझीलाई ५ हजार नगदसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।

पत्रकार रायमाझी राससका अतिरिक्त लुम्बिनीखबर पत्रिकाका सहसम्पादकको रुपमा विगत एक दशकदेखि पत्रकारीता क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment