Comments Add Comment

राज्य व्यवस्था समितिमा प्रश्न उठ्यो-उप समिति हो कि प्रुफ रिडर ?

सभापतिले समितिलाई निकम्मा बनाएको सांसद सुनुवारको आरोप

rajya-bewastha-meeting_photo-rss
१० माघ, काठमाडौं । पहाड खनेर मूसा निकालेको भन्दै राज्य व्यवस्था समितिको सोमबारको बैठकमा सांसदहरुले आलोचना गरेका छन् । निर्वाचनसँग सम्बन्धित बिधेयकहरुमाथि दफावार छलफल गरि प्रतिवेदन पेश गर्न गठित उप समितिमाथि सांसदले यस्तो आरोप लगाएका हुन् ।

गत पुस ९ गते राज्य व्यवस्था समितिले निर्वाचन र राजनीतिक दल सम्बन्धी ५ ओटा विधेयकको दफावार छलफलका लागि कांग्रेस सांसद आनन्द ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय उप समिति गठन गरेको थियो । उपसमितिले सोमबार समिति बैठकमा मतदाता नामावली सम्बन्धी बिधेयकमा मात्र शुद्धाशुद्धी हेरेर पेश गरी अरु विधेयकमाथिको प्रतिवेदन पेश नगरेको भन्दै आलोचना भयो ।

बैठकका शुरुमै एमाले सांसद यज्ञराज सुनुवारले उपसमितिले एक महिनामा केही गर्न नसकेको भन्दै यसबाट निर्वाचनको मितिलाई असर गर्ने भएकाले समितिका सभापति र उपसमिति संयोजकले जिम्मेवारी लिनुपर्ने बताए । सुनुवारले भने-उप समितिको काम प्रुफ रिडिङ हो ? नगरपलिका भएको ठाउँमा नगरपालिका बनाउने काम उप समितिको होइन । निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्छ भनेर किन प्रतिवेदन आएन ? थ्रेसहोल्ड जस्ता विषयमा के भयो ?’

upasamiti

उपसमितिको प्रतिवेदन प्रुफ रिडरको रुपमा मात्र आएको भन्दै सांसदहरुले अब फास्ट ट्र्याकबाट निर्वाचन सम्बन्धी सबै बिधेयकहरु संसदमा पठाउनुपर्ने बताए । त्यसपछि निर्वाचन आयोग सम्बन्धी बिधेयक र मतदाता नामावली सम्बन्धी बिधेयक संसदमा पठाउने निर्णय भयो ।

उप समितिमा सदस्य समेत रहेका प्रेम सुवालले भने संसदमा पठाइएको प्रतिवेदनमाथि असहमति जनाएका छन् । उनले दोस्रो जनआन्दोलनपछि २० लाख भारतीयले नेपाली नागरिकता लिएको भन्दै तिनीहरुलाई मतदाता नामावलीमा राख्न नहुने बताएका थिए ।

सभापतिमाथि निकम्मा आरोप

यसैबीच राज्य व्यवस्था समितिलाई निकम्मा बनाएको भन्दै सांसद सुनुवारले सभापति दिलवहादुर घर्तीको आलोचना गरेका छन् । समितिको बैठकमा सुनुवारले राज्य व्यवस्थाका जल्दाबल्दा विषयमा समिति निष्त्रिmय रहेको बताए ।

उनले भने-सुन तस्करी,एयर मार्सल र प्रहरीको बढुवामा गृहमन्त्री र आईजीपीबीचको विवादका विषय बाहिर आएका छन् । यस्ता विषयमा समितिले छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने बेलामा समिति निकम्मा साबित भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment