Comments Add Comment

यौन औषधालय’ हरुको छानविन गर्न सरकारको आदेश

 

medicine‘डाक्टर’ ताजुद्दीन हाशमी दुई सेकेन्ड बिरामीको नाडीमा हात राख्छन् र खुइयय गर्दै फैसला सुनाउाछन्,  ‘तपाईं असाध्यै कमजोर हुनुभएको छ ।’

तुरुन्तै उनी बिरामीलाई आफ्नो पाइन्ट फुकाल्न भन्छन् र टर्चबाट गुप्ताङ्गमा रातो प्रकाश फ्याँक्छन् ।

त्यसपछि आफ्नो दराजबाट एउटा शीशी निकालेर फलाक्छन्, ‘यो स्वर्ण भस्म हो । यसलाई दवाइमा मिलाएर सेवन गर्नुपर्छ । भस्मको १९५० रुपैयाँ र अर्को दवाईको ३० हजार रुपैयाँ पर्छ । जम्मा ३१ हजार ९५० रुपैयाँ लाग्छ ।’

त्यसपछि उनी बिरामीलाई एउटा सानो पुरिया थमाएर भन्छन्, ‘यसलाई आफ्नो अंगमा लगाउनुस, ज्यान भरिनेछ ।’ अनि २०० रुपैयाँ फिस अलग्गै लिन्छन् ।

ठूलै संख्यामा रहेका यस्ता डाक्टरहरु अहिले चर्चामा छन् किनकी भारतको उत्तर प्रदेशको सरकारले उनीहरुमाथि अनुसन्धानको आदेश दिएको छ ।

२०१३ मा अमिताभ ठाकुर र उनकी पत्नी नूतन ठाकुरले लदखनउको गोमतीनगरमा रहेको हाशमी औषधालयसमेत २० वटा औषधालयविरुद्ध मुद्दा दर्ता गरेका थिए । उनीहरुले गलत प्रचार गरेर बिरामीहरुलाई ठगेको आरोप लगाइएको थियो ।

उत्तर प्रदेशका मेडिकल एजुकेसन फाँटका प्रमुख सचिव अनिता भटनाकर जैनले हालै सबै जिल्ला अधिकारीहरुलाई यस्ता दवाई तथा आपत्तिजनक विापनमाथि चमत्कारिक अधिनियम १९५४ कडाईका साथ लागू गर्न आदेश दिएकी छन् । सरकारले यस्ता औषधालयका अलावा जन्तरजस्ता वस्तुहरु बेच्ने र त्यसको विज्ञापन दिनेहरुमाथि पनि कारवाहीको आदेश दिएको छ ।

्हाशमी औषधालयको तर्फबाट यौन क्षमता बढाउने विज्ञापन दिनुले औषधि तथा चामत्कारिक उपचार अधिनियम (आपत्तिजनक विज्ञापन) १९५४ को धारा ३ उल्लर्घन भएको ठहर गरिएको छ । त्यसो त हाशमी औषधालय बकाइदा दर्ता छ र यस्तो औषधालय चलाउनु गैरकानूनी होइन । औषधालयले एउटा विशेष हनिमुन कोर्स पनि चलाउँछ र दावी गर्छ कि यसबाट कयौं नौजवानहरुले आफ्नो हनिमुन अझ रंगीन बनाएका छन् ।

हाशमी गुप्त तरोग, पुरुषत्वको कमजोरी र निसन्तान दम्पत्तिहरुको उपचार गर्ने दावी गर्छन् । उनी लिंग सानो हुनेहरुको पनि उपचार गर्छन् । जबकि यसलाई यौनरोग विशेषज्ञहरु बिमारी नै मान्दैनन् । यस्तै दावी गर्नेहरु अन्य यस्तै औषधालयहरुको पनि हुन्छ ।

हाशमी औषधालयका डाक्टर ताजुद्दीन हाशमीले आफुमाथि लागेको मुद्दाको विषयमा बोल्न इन्कार गरे । यसै प्रसंगमा लखनउका डाक्टर पिके जैनसँग पनि बिबिसीको कुरा भयो । उनी सोध्छन्, ‘हामीले गरेको यौन क्षमता बढाउने विज्ञापन गैरकानूनी होइन । हामी त्यही गरिरहेका छौं जून आयूर्वेद र शाष्त्रमा लेखिएको हुन्छ । के भियग्रा शक्तिवर्द्धक होइन ?’

मुरादाबादका आयुर्वेदिक तथा यूनानि अधिकारी डा. सुमन मिश्राको कार्याालयका कर्मचारी सुदर्शन शर्मा भन्छन्, ‘जब हामी छापा मार्न जान्छौं, उनीहरु (दर्ता नभएका औषधालय) बेपत्ता हुन्छन् ।’

यौनरोग विशेषज्ञ प्रकाश कोठारीको भनाईमा यदि यौनशिक्षा बढाउने तथा ‘साइको-सेक्सुअल मेडिसिन’ पढाउने कलेजको संख्या वृद्धि गर्ने हो भने यस्ता धेरै यस्ता औषधालयहरु आफैं सुक्छन् । साइको सेक्सुअल मेडिसिन वा काउन्सिलिङ त्यो विधि हो जसमार्फत यौनजन्य समस्याहरुका कारण हुने मानसिक चिन्ताको उपचार गरिन्छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment