Comments Add Comment

पूर्वपत्नी सुजैन रातभर ऋतिकको घरमा !

hrithik-roshan-sussane-khan

बलिउडमा रिलेसन र ब्रेकअपको चक्र चलिरहन्छ । राजेश खन्नादेखि आमिरखानसम्म यसका भुक्तभोगी हुन् । पछिल्लो छिमलका बलिउडकर्मीमा त यो क्रम झनै मौलाएको छ । केहि समयअघि मलाइका अरोरा र अरबज खानको लामो दाम्पत्यमा पूर्णविराम लाग्यो । त्यसअघि हृतिक रोशन र सुजैन खानको ।

हालैको केहि घटनाक्रमले भने सुजैन-ऋतिकको पुर्नमिलनको संकेत दिएको छ । समाचार अनुसार सुजैन ऋतिकको घरमा गए र रातभर त्यही बसिन् । हुन त यसअघि पनि उनीहरु बच्चाका लागि एकसाथ देखिने गरेका थिए ।

अहिलेको अवसर चाहि, ऋतिकको वहिनीको जन्मदिनको हो । ऋतिकको फिल्म ‘काबिल’ पनि प्रदर्शनको तयारीमा छ । यसै मेसोमा हृतिकले घरमा सानो गेट टुगेदरको योजना बनाएका थिए । त्यसमा काबिलका निर्देक संजय गुप्ता, अभिनेत्री यमी गौतम र नतागोताका आफन्त सामेल भए । यो रमझममा हृतिकले सुजैनलाई पनि आमन्त्रण गरे । उनले ऋतिकको निम्तो सहर्ष स्विकार गरिन् र पार्टीमा पुगिन् । ऋतिकसँग पुरै रात मस्त नाचिन । विहान ५ बजे मात्र उनले ऋतिकको घर छाडिन् ।

उनले ट्वीट गर्दै ऋतिकको प्रसंसा गरिन् । र, काबिलमा हृतिकको अभिनयलाई भारतिय सिनेमा इतिहासकै राम्रो अभिनय समेत भन्न भ्याइन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment