Comments Add Comment

गोविन्दको ‘ब्याक गियर’ सार्वजनिक

back-gear-coverकाठमाडौं । अटो मोबाइल क्षेत्रमा लामो समय काम गरेका गोविन्द भट्टराईले त्यस क्रममा विभिन्न अनुभव बटुले । त्यसमा पनि सडक सुरक्षामाथि उनले तिखो नजर लगाए । सडक सुरक्षाको विविध पाटोमा व्यङ्ग्य समेटिएको उनको पुस्तक ‘ब्याक गियर’ बजारमा आएको छ ।

संग्रहमा झन्डै ६ दर्जन व्यंग्य समेटिएको छ । भट्टराईले देशको अस्तव्यस्त सडक र गैरजिम्मेवारीपूर्ण सुरक्षा व्यवस्थालाई व्यङ्ग्यात्मक पुटसहित पस्किएको बताए ।

पुस्तक नेपाल अटो मोबाइल स्पोर्ट्स एसोशिएसन (नासा) ले प्रकाशन गरेको हो । मूल्य दुई सय ५० रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment