Comments Add Comment

सशस्त्र प्रहरीको व्याडमिन्टन, लनटेनिस र महिला भलिबल प्रतियोगिता अर्को साता

apf

१० माघ, काठमाडौं । सशस्त्र प्रहरीले माघ तेस्रो साता व्याडमिन्टन, लनटेनिस र महिला भलिबल प्रतियोगिता आयोजना गर्ने गर्ने भएको छ ।

नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता माघ १३ गतेबाट सुरु हुनेछ । यसमा कुल १३ इभेन्ट्स समावेश छन् ।  प्रतियोगिता सशस्त्र प्रहरी बल प्रधान कार्यालय परिसर स्थित नेपाल एपीएफ क्लवको लनटेनिस कोर्ट र सातदोवाटो स्थित अखिल नेपाल लनटेनिस कोर्टमा संचालन हुनेछ ।

प्रतियोगिताका खेलहरु आइटीएफ र एएनएलटिएको नियमानुसार संचालन हुने केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।

तेह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता माघ १६ गतेबाट सुरु हुनेछ । कूल १० इभेन्ट्स समावेश गरिएको छ र जम्म्मा पुरस्कार राशी सात लाख १० हजार छ ।

सोही दिनबाट सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता सुरु हुनेछ र लिगकम नकआउट प्रणालीमा वेष्टअफ फाइभमा खेलाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment