Comments Add Comment

चैत्र ४ मा ‘यो साइनो मायाको’ आउने

yo-saino
चैत्र ४ गतेलाई चलचित्र ‘यो साइनो मायाको’ प्रदर्शन मिति तय गरिएको छ । अरुणकुमार प्रधान निर्देशित यो चलचित्रको लिरिकल भिडियो र प्रदर्शन मिति एकसाथ तय गरिएको हो । ‘अमर रहोस्’ बोलको गीतलाई युवापुस्ता लक्षित गरिएकोछ ।

सार्वजनिक गरिएको यो गीतमा कुन्दन थापाको संगीत, मनिषा पोखरेल र कोशिष क्षेत्रीको स्वर छ । रामकुमार श्रेष्ठको लगानीमा बनेको यो चलचित्रलाई बाबुराम नेपालीले खिचेका छन् ।

चलचित्रमा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडी, सुनिता ठाकुर, दिवस उप्रेती, आर्यन प्रधान, उमा कार्की, नविनत प्रधान लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment