Comments Add Comment

प्रदर्शनकारी महिलालाई ट्रम्पको प्रश्नः मेराविरुद्ध भोट किन नहालेको ?

donald-trump

१० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोधमा प्रदर्शन गर्ने महिलाहरुलाई आफूविरुद्ध किन भोट नहालेको भनेर प्रश्न गरेका छन् ।

ट्रम्पले राष्ट्रपति पद सम्हाले लगत्तै विश्वभर महिला मार्च भएको छ । अमेरिकामा मात्र नभएर, अष्ट्रेलिया, न्यूजिल्याण्ड र जापानमा ठूलो संख्यामा महिलाहरुले प्रदर्शन गरेका थिए ।

ट्रम्पले ट्वीट गरेका छन्, ‘हिजो मैले महिलाहरुले प्रदर्शन गरेको देखेँ । आश्चर्य छ, भर्खरै त चुनाव भएको छ । भोट दिने बेला कहाँ थिए उनीहरु ? यी महिलाहरुले किन भोट हालेनन् ?

उनको संकेत हालै भएको अमेरिकी राष्ट्रपति चुनावमा उनले पाएको जिततर्फ थियो ।

तर, एक ट्वीटर प्रयोगकर्ताले ट्रम्पलाई स्मरण गराएका छन् कि जब २०१२ मा बाराक ओबामाले राष्ट्रपति चुनाव जितेका थिए, त्यसबेला उनले मानिसहरुलाई सडकमा आउन आहृवान गरेका थिए ।

२०१२ मा ट्रम्पले ट्वीट गरेका थिए, ‘हाम्रो देश गम्भीर संकटमा छ । यो चुनाव एक मजाक हो । हामी यसविरुद्ध वाशिङटनको सडकमा उत्रिनुपर्छ ।’

ट्रम्पले अर्को ट्वीट गर्दै शान्तिपूर्ण प्रदर्शन लोकतन्त्रको पहिचान भएको भन्दै आफू असहमत भएपनि अभिव्यक्ति स्वतन्त्रताको अधिकारको समर्थन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment