Comments Add Comment

नाकले टाइप गरेर दुईवटा विश्व रेकर्ड

nose-tiping

कम्प्युटरको कि बोर्डमा तिव्र गतिमा हात दौडाएर निकै छिटो छिटो टाइप गर्ने कतिपय मानिसहरुको गति देख्दा हामी अचम्ममा पर्छौँ । हातले टाइप गर्दा त अचम्ममा परिन्छ भने यदि कसैले हातको साटो नाकले टाइप गरेको देखियो भने कति अचम्म होला ? भारतको हैदरावादका एक युवकले आफ्नो नाकले नै तिव्र गतिमा कम्प्युटर टाइप गरी सबैलाई तिनछक त पारेकै छन, आफ्नो नाममा दुई वटा वल्र्ड रेकर्ड समेत कायम गरेका छन् ।

उनले आफ्नो नाकले यति तिव्र गतिमा टाइप गर्छन् की धेरै मानिसले त्यति बेजोडसँग त हातले पनि टाइप गर्न सक्दैनन् ।

इन्जिनियरिंगका विद्यार्थी रहेका मोहम्मद खुर्सीदले १० वर्षको हुँदादेखि नै टाइपिंग सिक्न सुरु गरेका थिए । नाकले टाइप गर्ने कलामा पोख्त हुनका लागि उनले दिनमा ८ घण्टासम्म टाइप गर्दथे ।

उनले पौने चार सेकेण्डमा औँलाले पूरै अल्फाबेट टाइप गरेर सन् २०१२ मा विश्व रेकर्ड कायम गरेका थिए । त्यस्तै ४७ सेकेण्डमा नाकले १ सय ३ वटा शव्द टाइप गरी सन् २०१४ मा उनले अर्को अद्भुत रेकर्ड कायम गरे ।

नाकले टाइप गर्ने बेला उनले विभिन्न समस्यासँग पनि जुध्नुपर्छ । नाक किबोर्डमा धसेर टाइप गरिरहँदा कि बोर्ड आँखाले हेर्न निकै सकस पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment