Comments Add Comment

टाटाले ल्यायो नयाँ एसयूभी ‘हेक्जा’, के छन् विशेषता ?

tata-hexa-2
१० माघ, काठमाडौं । टाटाले नयाँ स्पोर्ट्स युटिलिटी भेहिकल (एसयुभी) ‘हेक्जा’ बजारमा ल्याएको छ । लक्जरीयस एसयूभी क्याटगोरीको यो गाडी पहिलोपटक भारतमा सार्वजनिक भएको छ । भारतीय अटो निमार्ता टाटाले प्यासेन्जर कार सेगेमेन्टमा बलियो उपस्थिति जनाउन हेक्जालाई बजारमा ल्याएको हो ।

यसको मुख्य प्रतिस्पर्धा टोयोटाको इनोभा क्रेष्टासँग हुनेछ ।

म्यानुअनल तथा अटोमेटिक गियरबक्स भएको यस कारमा १ सय ५० एचपी २.२ लिटरको भेरिकोर इन्जन छ । साथै हेक्जामा चार थरीका ड्राइभ मोड रहेका छन् । यसमा अटो, कम्र्फट डाइनामिक र रफ रोड मोड रहेको छ ।

यो भारत,इटाली र युकेमा डिजाइन गरिएको हो । यसमा ६ स्पीड म्यानुअल र अटोमेटिक ३ ट्रान्समिसन जोडिएको छ ।

tata-hexa-3
यि चार मोडमध्ये अटो मोडमा कारको सिस्टम आफैले सडकको अवस्था आँकलन गरी एक्सन बदल्छ । त्यस्तै कम्र्फटमा भने आरामदायी रुपमा गाडी लगातार एकै दिशामा दोडिरहन्छ ।

डाइनामिक मोडमा भने सिधा बाटोको लागि प्रयोग हुन्छ । रफ रोड मोड भने कार चलेको अवस्था मूल्यांकन गर्दै ब्रेकलाई लक अप गर्न सघाउ पुराउँछ । यसमा सुरक्षाका लागि ६ वटा एयरब्याग राखिएको छ । यसमा २०० एमएमको ग्राउण्ड क्लेयरेन्स पनि छ ।

tata-hexa-1
टाटाले ६ वटा विभिन्न भेरियन्ट र ५ कलरमा यो गाडी उपलब्ध गराएको छ ।

कमर्सियल सवारीमा अग्रणी टाटाले पछिल्ला वर्षहरुमा प्यासेन्जर कार सेगमेन्टमा आˆनो ध्यान केन्द्रित गरिरहेको छ । डिजाइन र सुविधामा आधुनिकता दिँदै टाटाले ल्याएका पछिल्ला कारहरुले उपभोक्ताको मन जितेको छ ।

भारतमा हेक्जाको मूल्य ११ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment