Comments Add Comment

राति सँधै घुर्नुहुन्छ ? होश गर्नुस्, हृदयघात हुन सक्छ

dhurne-samasyaके तपाईंको राति निदाउँदा घुर्ने आदत छ ? छ भने होस गर्नुस्, यसले भोलि गएर तपाईंलाई ठूलो समस्या पैदा गर्न सक्छ । घुर्ने समस्यालाई सामान्यतया गम्भीररुपमा लिइँदैन । तर नियमित र अत्यधिक रुपमा घुर्नु चिन्ताको विषय हुन सक्ने विज्ञहरुले औंल्याएका छन् । यस्ता व्यक्तिहरुलाई चिकित्सकको परामर्श लिन उनीहरुको सुझाव छ । अत्यधिक घुराईका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य समस्या के-के हुन् त ?

हृदयघात

 

नियमित घुराईका कारण उत्पन्न हुने लगातार कम्पनले गर्दा तपाईंको घाँटी खराब हुन सक्छ । घाँटी सुन्निनुका साथै टाउको र गर्दनमा रक्तसञ्चार गर्ने दुई मुख्य धमनी पनि मोटाउन सक्छ । बेलायतको हेनरी फोर्ड हस्पिटलका सोधकर्तार्हरुका अनुसार यसले हृदयघातको सम्भावनालाई बढाउँछ ।

अब्सट्रक्टिभ स्लीप एप्नोइ -ओएसए) एउटा विकार हो, जून घाँटीभित्रको श्वासमार्ग अवरुद्ध हुुनाले गर्दा उत्पन्न हुन्छ । परिणामस्वरुप मानिस ठूलो आवाजले घुर्छ र श्वासप्रश्वासमा बारम्बार अवरोध पुग्छ ।

यसले मुटुरोगको सम्भावना बढाउनुका साथै अन्य थुप्रै स्वास्थ्य समस्याहरु उत्पन्न हुन सक्छ । अध्ययनबाट के देखिएको छ भने नघुर्ने व्यक्तिहरुको तुलनामा घुर्ने व्यक्तिहरुमा धमनीको भित्ता उल्लेख्यरुपमा मोटो हुन्छ, जुन मुटु वा रक्तनलीसम्वन्धी रोगको प्रारम्भिक लक्षण हो । जबकि उच्च कोलस्ट्रोल, मधुमेह भएका र धुम्रपान गर्ने व्यक्तिहरुको धमनी मोटो हुँदैन ।

ब्रोनकाइटिस

घाँटीमा हुने कम्पनलाई चिरकालिन ब्रोनकाइटसको विकास गर्ने, तल्लो श्वासमार्ग सुन्निने तथा लगातार खोकी लाग्ने समस्याको कारकतत्वका रुपमा लिइन्छ ।

एउटा कोरियाली अध्ययनअनुसार हप्तामा छ वा सात चोटी घुर्नेहरुमा यी समस्याको सम्भावना ६८ प्रतिशत हुन्छ । बढी तौल भएका व्यक्तिहरुमा यो सम्भवना अझ बढी देखिएको छ तर यसमा धुम्रपानले भने कुनै असर नगर्ने बताइएको छ । ‘बारम्बार घुराइबाट उत्पन्न हुने कम्पनले यान्त्रिक दबावको जस्तो काम गर्छ, जसबाट माथिल्लो श्वासार्ग सुन्निन जान्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।

अम्लीय डकार

यसैगरी रातको समयमा उलुक-उलुक आउने समस्या पनि घाँटीको पीडा, घुराई, घ्यारघ्यार जस्ता निद्राको वाधाले गर्दा भएको हुन सक्ने युनिभर्सिटी अफ एरिजोनाले गरेको अध्ययनबाट देखिएको छ ।

छाती पोल्ने समस्या भएकाहरुमध्ये आधाजसोमा निद्राको गडबडी रहेको पाइएको छ । राति अम्लीय डकार आउनबाट रोक्ना टाउको र काँध अग्लो आसनमा राखेर सुत्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । त्यसैगरी खाना खाएको २ वा ३ घन्टापछि सुत्ने तथा अड्किने खानेकुरा नखानले गर्दा पनि सहयोग मिल्छ ।

गर्भाधानमा समस्या

युनिभर्सिटी अफ मिचिगन हेल्थ सिस्टमले गरेको अनुसन्धानले हप्तामा ३ वा सोभन्दा बढी घुर्ने गर्भवती महिलाको ‘सिजरियन डेलिभरी’ को सम्भावना दोब्बर हुने देखिएको छ ।

यसैगरी दुई तिहाई गर्भवतीले सामान्यभन्दा कम तौलका बच्चा जन्माउने पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ । सोही टीमले गरेको अर्को अध्ययनका अनुसार गर्भवती भएपछि घुर्न सुरु गरेका महिलाहरुमा रक्तचाप बढ्ने सम्भावना धेरै हुन्छ ।

घुर्ने समस्याबाट मुक्ति पाउन जीवनशैलीमा परिवर्तन गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । वजन घटाउने, मदिरा त्याग्ने, धुम्रपानको लत छोड्ने तथा बाहिर हिँड्दा मास्क लगाउने गर्नाले यस्ता व्यक्तिहरुलाई फाइदा पुग्ने उनीहरुको राय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment