Comments Add Comment

अनाथ बालबालिकालाई वाणिज्य बैंकको सहयोग

सलमान खान

help-of-rbb
१० माघ, भैरहवा । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड भैरहवा शाखाले अनाथ बालबालिकालाई खाद्यान्न समाग्री सहयोग गरेको छ । शाखाले बैंकको ५२ औँ वाषिर्कत्सवको अवसरमा अनाथ बालबालिकालाई खाद्यन्न समाग्री सहयोग गरेका हो ।

बैँकले भैरहवामा एक कार्यक्रमको आयोजना गरी भैरहवा स्थित २८ जना बालबालिका रहेको सिद्धार्थ बालगृहमा दाल, चामल, तेल लगायतका खाद्यन्न सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै बैंकका भैरहवा शाखाका प्रबन्धक बुद्धप्रकाश सिंहले बालगृहमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै बैंकले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको र अगामी दिनहरुमा आफुहरुले व्यक्तिगत रुपमा पनि बालगृहलाई सहयोग गर्ने बताए ।

त्यस्तै भैरहवा शाखाका सहप्रबन्धक रामचन्द्र उपाध्यायले सधै मञ्चमा आयोजना गरेर वाषिर्कत्सव कार्यक्रम मनाउँदै आएकोमा यस पटक मञ्चिय कार्यक्रम नगरी फरक ढंगले मनाएको र अब बैंकको अगामी वाषिर्कत्सवहरु पनि यस्तै किसिमका कार्यक्रमहरुले मनाउने बताए ।

बैकको सहयोग हसान्तरण गर्दै सिद्धार्थ बालगृहकी सह-सञ्चालिका निशा क्षेत्रीले बैंकको सहयोगले बालबालिकाको जिवनयापनमा धेरै सहयोग पुग्ने भन्दै बैंकलाई धन्यवाद ज्ञापन गरिन् ।

बैंकले बालगृहमा खाद्यन्न समाग्री हसान्तरण पश्चात बालबालिकाहरुलाई खाजा समेत वितरण गरेको थियो ।

भैरहवा स्थित बालगृहमा २८ जना बालबालिकाहरु रहेका छन् । सहयोगदाताको सहयोथले ती मध्ये अधिकांश बालबालिका विद्यालयमा अध्यापन समेत गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment