Comments Add Comment

झापालाई हराउँदै आर्मी पनि सेमिफाइनलमा

football
१० माघ, पोखरा । विभागीय टीम त्रिभूवन आर्मी क्लबन१५ औं आहा Û रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

उपाधि दाबेदारका रुपमा हेरिएको झापा ११ लाई २-० ले पन्छाउँदै आर्मीले अन्तिम ४ मा स्थान पक्का गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र भरत खवासले एक-एक गोल गरे ।

अब आर्मीले फाइनल प्रवेशका लागि आयोजक सहारा क्लब पोखरासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

पोखरा रंगशालामा भएको प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोश्रो हाफको दुई मिनेट पनि बित्न नपाउँदै आर्मीले अग्रता लियो ।

नेपालकै पहिलो रोजाईका स्ट्राईकर नवयुग श्रेष्ठले आर्मीका लागि ४७ औं मिनेटमा गोलको खाता खोलेका थिए । बिपक्षी किपर किशोर गिरीको गल्तीको फाइदा उठाउँदै उनले गोल गरेका हुन् । दीपकुमार लामाले दिएको क्रसबल लिन किपर गिरी अघि बढ्दा नवयुगले हेडर गोल गरे ।

एक गोलले पछि परेको झापा थप आक्रामक बन्दै अघि बढेर खेल्दा आर्मीले दोश्रो गोल गर्‍यो । ७० औं मिनेटमा भरत खवासले गोल गर्दै नतिजा २-० बनाएका हुन् । करीब ४० यार्ड टाढाबाट एक्लै बल अगाडि बढाएका उनले डि एरिया नजिकबाट फष्र्टबार च्यापेर हानेको प्रहार सिधै गोलमा परिणत भयो ।

सोमबारको खेलमा आर्मीले थप आधा दर्जन गोल गर्ने अवसर खेर फालेको थियो । १३ औं मिनेटमा सन्तोष तामाङको पि|mकिक क्रसबारमा लागेर फर्कियो । ३६ मिनेटमा दीपकुमार लामाले दायाँ साईडबाट फष्र्टबार च्यापेर हानेको प्रहारमा बिपक्षी गोलकिपर किशोर गिरी बाधक बने । ४० औं मिनेटमा नवयुगको पासमा दीपकुमारको प्रहार फितलो हुँदा गोल गर्ने अवसर खेर गयो । दोश्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा पदम मोक्तानको क्रसमा सब्ष्िटच्यूट खेलाडी टंक बस्नेत गोल गर्न चुके ।

पहिलो हाफ पर्ख र हेरको रणनीति अप्नाएको झापा दोश्रो हाफको शुरुमै गोल खाएपछि दबाबमा पर्‍यो । एक गोलले पछि परेपछि थप आक्रामक रणनीति बनाएको झापाले पनि केही राम्रा गोल गर्ने अवसर सदुपयोग गर्न सकेन ।

५८ औं मिनेटमा देवेन्द्र तामाङको पासमा योगेश गुरुङ गोल गर्न चुके । डि एरिया नजिकबाट उनले गरेको प्रहारले दिशा लिएन । ८२ औं मिनेटमा रञ्जित श्रेष्ठले प्रहार गरेको पि|mकिक बिपक्षी किपर विकेश कुथुले रोके ।

आर्मीका पदम मोक्तानले झापाका योगेश गुरुङलाई लडाएपछि दिइएको पि|mकिकमा रञ्जितले गरेको उत्कृष्ट प्रहार कुथुले मुश्किलले रोके । ९० औं मिनेटमा बुद्ध चेम्जोङले दायाँ साइडबाट गरेको कडा प्रहार फष्र्टबार हुँदै बाहिरियो ।

सोमबारको खेलमा नवयुग श्रेष्ठ म्यान अफ दी म्याच भए ।

खेल सकिएपछि बिजयी टिम त्रिभूवन आर्मीका प्रशिक्षक नविन न्यौपानेले पहिलो गोल टर्निङ प्वाईन्ट बन्दा जित निकाल्न सकेको बताए । बिपक्षी टीम फिजिकल फिटनेसमा कमजोर भएकाले आफूले त्यसलाई सदुपयोग गर्ने गरी रणनीति बनाएको र त्यो सफल भएको उनको भनाइ छ ।

झापाका प्रशिक्षक सञ्जय राईले खेलाडीहरु घाइते भएकाले पराजित भएको बताए । पिटर सेगुन, विशाल राईलगायतका खेलाडी भएको तथा योगेश गुरुङ भर्खरै बिदेशबाट आएकाले अभ्यासमा समेत सहभागि नभई खेल्दा तालमेल नमिलेको बताए ।

प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनलमा सिएमजी संकटा क्लव र फारसगञ्ज एससी भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment