Comments Add Comment

एसिया कप छनोटमा नेपाल समूह एफमा, यस्तो छ खेल तालिका

asian-cup-uae-2019
१० माघ, काठमाडौं । आगामी मार्चमा हुने एसिया कप छनौट फुटबलमा नेपाल फिलिपिन्ससहितको समूह एफमा परेको छ । यूएईको अबुधावीमा सोमबार भएको ड्रमा नेपाल यमन, ताजकिस्तान र फिलिपिन्स रहेको समूहमा परेको हो ।

होम एण्ड अवे आधारमा प्रत्येक टोलीले ६ खेल खेल्नेछन् । नेपालले आफ्नो पहिलो खेल फिलिपिन्ससँग मार्च २८ मा उसकै घरेलु मैदान खेल्नेछ । जुन १३ मा यमनसँग र सेप्टेम्बर ५ मा ताजकिस्तानसँग नेपालमै खेल्नेछ ।

यस्तै ताजकिस्तान अक्टोबर ४ मा उसकै घरेलु मैदानमा खेल्नेछ । नोभेम्बर ४ मा नेपाल र फिलिपिन्सबीच काठमाडौंमा खेल्नेछ भने समूह चरणको अन्तिम खेल मार्च २७ मा यमनमा खेल्नेछ ।

समूह चरणको खेल सकिँदा शीर्ष दुईमा रहने टोली २०१९ मा हुने एसिया कपका लागि छनौट हुनेछ । समूह एफमा परेका तीनै देश फिफा वरियतामा नेपालभन्दा माथि छन् । फिलिपिन्स १२२, ताजकिस्तान १३२ र यमन १४९ औं स्थानमा छ । नेपाल भने १७५ औं स्थानमा छ ।

ग्वामले नाम फिर्ता लिएपछि एएफसीले सोलिडारिटी कप विजेता नेपाललाई एसिया कप छनोट खेल्ने मौका दिएको हो ।एसिया कप छनोटमा नेपाल समूह एफमा, यस्तो छ खेल तालिका
asian-cup-draw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment