Comments Add Comment

पोखरामा शुक्रबारदेखि साहित्य महोत्सव, यस्ता छन् आकर्षण

literature-festival-2017१० माघ, काठमाडौं । बुकवर्म फाउन्डेसनले माघ १४ गते शुक्रबारदेखि पोखरामा आयोजना हुने चारदिने साहित्य महोत्सवको कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।

शुक्रबार आख्यानकार ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यमा उद्घाटन हुने महोत्सव अवधिभर तीन दर्जनभन्दा बढी सत्रमा समाजका विभिन्न विषयमाथि बहस हुनेछन् । महोत्सव पोखराको पार्दीमा रहेको नेपाल पर्यटन बोर्डको परिसरमा हुनेछ । पोखराको विकासको परिकल्पनापत्रकारिताको विगतदेखि भविष्यसम्मको आकलन, साहित्यमा महिलाको चित्रणबौद्धिकहरुको खोजी लगायतका विषयमा राजनीतिज्ञ, नीति निर्मातासमाजशास्त्री र साहित्यकारले खुला बहस गर्नेछन् ।

यस पटकको महोत्सवमा भारतका प्रख्यात लेखक उदय प्रकाश पनि हुनेछन् । उनका कथाहरुको नेपाली अनुवाद नेलकटर पनि महोत्सवमै सार्वजनिक हुँदै छ । पुस्तक लोकार्पण र अन्तर्क्रियाको सत्रसहित उनी दुई वटा सत्रमा देखिनेछन् ।

हास्य कलाकार मह जोडीको सांगीतिक प्रस्तुति समेत रहने महोत्सवमा गजल वाचनको छुट्टै सत्र हुनेछ भने अन्तिम दिन सोमबार कविता वाचनसँगै महोत्सवले बिट मार्नेछ । गत वर्ष साहित्य महोत्सवको पाँचौं संस्करण पनि पोखरामै भएको थियो ।

यस पटक महोत्सवका आकर्षणहरु यस्ता छन् :

literature-festival-schedule-1

literature-festival-schedule-2

literature-festival-schedule-3

literature-festival-schedule-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment