Comments Add Comment

माघ १५ मा फोर्डको ‘वाइडरनेस् गेट-अवे’

ford
१३ माघ, काठमाडौं । फोर्डले यही माघ १५ गते गोकर्ण फोरेस्ट रिसोर्टमा फोर्ड वाइडरनेस् गेट-अवेको आयोजना गर्दैछ । आˆनो गाडीहरुको उच्चतम टक्निकी तथा कौशलता प्रदर्शनका साथ मनोरञ्जन प्रदान गर्न कार्यक्रम गर्न लागिएको हो ।

मनोरञ्जनका लागि विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरु पनि राखिएको छ । यो कार्यक्रममा सहभागी हुन फोर्डका थापाथली अफिसमा आˆनो नाम रेजिष्टर गर्नु पर्नेछ र शनिवार पूरा परिवारका लागि खाजा तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन सक्नेछ ।

कार्यक्रममा फोर्डले आˆनो गाडीको कौशलता प्रदर्शनको लागि दुई टेस्ट ड्राइभ रुट राखिएको छ । इन्डेभर र रेन्जरको लागि बीच जंगल, खाल्डाखुल्डी युक्त विशिष्ट तवरले बनाएको अफ रोड बाटो वा ग्राहकले फोड फिगो, एसपाइस वा इको स्पोर्टमा गोकर्ण क्षेत्रमा चलाइ यी गाडीहरुको क्षमता र कोशलताको अनुभव गर्न सक्नेछन् ।

यो कार्यक्रम सहभागी हुने सम्पूर्णको लागि एक अविष्मरणीय दिन हुने कम्पनीले जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment