Comments Add Comment

कतारमा अलपत्र तीन नेपालीको उद्दार

alpatra-qatar

१४ माघ, काठमाडौं । तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा उद्दार गरिएको छ । पीडितहरुले म्यानपावरमा बुझाएको पैसा फिर्ता गराउने पहल समेत थालिएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिकाका तिलक विष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारीको उद्धार गरिएको हो ।

काठमाडौंको अवतार हृयुमन रिसर्च म्यानपावर कम्पनिलाई प्रतिव्यक्ति २ लाख साठी हजार रुपैयाँ बुझाएर उनीहरु गत काकि महिनामा कतार पुगेका थिए । तर काम नपाएर बेरोजगार भएका थिए ।

तीन महिनासम्म काम नपाएपछि उनीहरुले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी उद्दारका लागि अनुरोध गरेका थिए ।

पीडितको अनुरोधपछि प्रधानमन्त्री कार्यालयले परराष्ट्र र श्रम मन्त्रालयसँग समन्वय गरी अलपत्र नेपालीलाई नेपाल झिकाउन कुटनीतिक पहल गरेको थियो । त्यसलगत्तै कतारमा रहेको नेपाली दूतावासले थप पहल गरी उनीहरु माघ ११ गते नेपाल आइपुगेका छन् ।

प्रधानमन्त्री कार्यालयले पीडितले म्यानपावरमा भुक्तान गरेको पैसा फिर्ता दिलाउने पहल समेत थालेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment