Comments Add Comment

झापा गोल्डकपः भारतीय क्लबमाथि आयोजकको गोल वर्षा


१५ माघ, झापा । शनिबारदेखि झापामा सुरु ‘रमपम झापा गोल्डकप’मा घरेलु टोली झापा-११ ले सानदार सुरुवात् गरेको छ । उसले पाहुना टोली भारतको शेर फुटबल क्लबलाई ५-० गोल अन्तरले हरायो ।

खेल सुरु भएको ५ औं मिनेटमा झापाका लागि सन्जोग राईले पहिलो गोल गरेका थिए । हजारौं घरेलु दर्शकको समर्थन पाएको झापाले त्यसपछि गोलको वर्षा नै गर्‍यो ।

३७ औं मिनेटमा बुद्ध चेम्जोङले पुनः गोल गर्दै अग्रतालाई दोब्बर बनाए । पुजन उपरकोटीले ३९ औं मिनेटमा अर्को गोल गरेका थिए ।
भारतीय टोलीमाथि झापा एकतर्फी रुपमा हाबी भएको थियो । उसले रक्षात्मक खेल पनि प्रदर्शन गर्न सकेन ।

दोस्रो हाफमा झापा झन् आक्रमक बन्यो । दोस्रो हाफको ३९ औं मिनेटमा झापाका कप्तान कर्ण लिम्बूले अर्को गोल गरे । ४१ औा मिनेटमा विदेशी खेलाडी पिटर सेगुनले गोल गर्दै खेललाई ५-० को अग्रतामा पुर्‍याए ।

विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भएको प्रतियोगितामा नेपाल र भारतको गरी १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ७ लाख रुपैयाा र ट्रफी तथा उपविजेताले ३ लाख ५० हजार रुपैयाासहित ट्रफी पाउनेछन् ।

आइतबार न्यूरोड टिम र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment