Comments Add Comment

कालिञ्चोकको हिउँमा प्रियंकासँग माफ माग्दै निखिल(फोटो फिचरसहित)


नेपाली चलचित्र क्षेत्रमा यतिबेला नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीको चर्चा खुबै छ । बक्स अफिसमा आंशिक सफल मानिएका यी दुई कलाकारको हातमा भने चलचित्रको कमी छैन ।

यी दुइले पहिलो पटक एकसाथ पर्दा शेयर गरेका छन् । सुशिल पोख्रेलको निर्माणमा तयार भएको चलचित्र ‘राधे’मा निखिल र प्रियंकाको जोडीलाई देख्न सकिनेछ ।
जगदिश्वर थापाले निर्देशन गरेको यो चलचित्रको एक गीतको छायांकन हालैमात्र कालिञ्चोकमा गरिएको छ ।

निर्माणपक्षले अनलाइनखबरलाई उपलब्ध गराएको चलचित्रको तस्बिरमा निखिल र प्रियंकाको जोडी खुबै जमेको देखिन्छ । ‘मलाई माफ गर प्रिया’ बोलको यो गीतमा अभिजित भट्टाचार्यको आवाज छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीत खिच्न ४ दिन लागेको थियो । रामजीका अनुसार हिउँमा सेट लगाएर भिडियो खिच्दा खिच्दा समय लागेको थियो । यहि, गीतको छायांकनका क्रममा नायिका कार्की बेहोस पनि भएकी थिइन् । अर्जुन पोखरेलले गीतमा संगीत भरेका छन् ।
निखिलको एक्सन र प्रियंकाको ग्ल्यामर अवतारले चलचित्रप्रति दर्शकको आकर्षण बढ्ने निर्माणपक्षको विश्वास छ । चलचित्रमा नायिका अशिष्मा नकर्मीले पनि काम गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment