Comments Add Comment

बिदेशमा रोजगारी गरिरहेकालाई लगानी अवसर, बार्षिक १० प्रतिशत व्याजदर


१६ माघ, काठमाडौं । बिदेशमा रोगजारी गरिरहेकाहरुलाई लक्षित गर्दै राष्ट्र बैंकले जारी गर्दै आएको  बैदेशीक रोजगार बचत पत्र यस वर्षको लागि बिक्री शुरु गर्न लागेको छ ।

५० करोड रुपैयाँसम्मको बचत पत्रको बिक्री यही माघ १७ गतेदेखि फागुन १७ गतेसम्म खुला गर्ने भएको हो । यो बचत पत्रमा बिदेशमा रहेर रोजगारी गरिरहेकाले मात्र नभएर बाहिरको रोजगारीबाट नेपाल फर्किएको ४ महिना पुरा नभएका नेपाली तथा गैर आवासीय नेपाली स्वयंले वा परिवारका सदस्यको नामबाट पनि खरिद गर्न पाउँने छ ।

यस्तो बचत पत्रको व्याज दर १० प्रतिशत रहेको छ भने व्याज दर भुक्तानी ६/६ महिनामा हुनेछ । यस्तो बचत पत्र खरिद गर्नेले ५ वर्ष (२०७८ फागुन २३ गते) मा सावा भुक्तानी प्राप्त गर्ने छ । त्यस्तै यो बचत पत्र चाहेको समयमा बिक्री गर्न तथा धितो राखेर बैंकबाट ऋण लिन पनि सकिनेछ । नेपाल भित्र सानिमा बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, माछापुच्र्छे बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, नबिल बैंक, सनराइज बैंक, सेञ्चुरी कमर्सियल बैंकबाट खरिद गर्न सकिनेछ । मुलुक बाहिर प्रभु रेमिट, आइएमई, सेवा रेमिट, सिटि एक्सपे्रस,  सानिमा बैंक, सनराइज बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु बैंकबाट खरिद गर्न सकिन्छ । कोरिया, कतार, युएइ, भारत, जापान, साउदी अरेबिया, अमेरिका, मलेशीया, बहराइन, दुबई, अष्ट्रेलिया, बेलायत मुलकमा समेत एजेन्टहरुले बचत पत्र बिक्रीको सुविधा मिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment