Comments Add Comment

एमालेको आवरण राष्ट्रवादले अस्थीरता बढ्योः निधि


१६ माघ, पर्वत । उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् । एमालेको आवरण राष्ट्रवादका कारण अस्थीर राजनीतिले बढावा पाएको उनले टिप्पणी गरे ।

आइतबार पर्वतमा आयोजित एक कार्यक्रममा मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए । सिमांकन हेरफेर सहितको संविधान संशोधन भए संविधानको सर्वस्वीकार्यता बढ्ने र देशले निकास पाउने देखेर एमाले अत्तालिएको मन्त्री निधिको आरोप छ ।

संविधान संशोधनमा एमालेले गरेको किचलो राष्ट्रिय हित विपरित रहेको दाबी गर्दै निधिले राष्ट्रवादी दल र नेता चिन्नेबेला आएको धारणा राखे ।

शहिद स्मारक अंग्रेजी आवासीय माविको रजतजयन्तीको अवसरमा निधि कुश्मा आएका हुन् । सरकारको तर्फबाट निधिले पहिलोपटक शहिद चोकमा रहेको शहिद गोविन्दनाथ शर्माको शालिकमा आइतबार माल्यार्पण समेत गरेका छन् । ०६२/६३ को जनआन्दोलनमा गोविन्दनाथ शर्मा शहिद भएका थिए ।

मन्त्री निधिले शहिदको सपना साकार पार्न पनि अब सरकारले चाँडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताए ।

– महेन्द्र केसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment