Comments Add Comment

निर्वाचन न सार्न सम्भव छ, न टार्नः पौडेल

'प्रवासी नेपालीलाई स्वदेश फर्काउने एमालेको सपना'

२९ जनवरी, सिड्नी । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अब निर्वाचन सार्न र टार्न असम्भव भएको बताएका छन् । उनले संविधान संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जानुपर्ने धारणा राखे ।

अष्ट्रेलियाको सिड्नीमा आइतबार आयोजित अन्तर्क्रियामा नेता पौडेलले भने, ‘संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भए पनि हाउसले स्वीकार गर्ने अवस्था नभएकाले त्यो प्रस्ताव थाती राखेर निर्वाचनमा जानुपर्छ ।’

उनले एमालेसँग प्रवासमा भएका नेपालीलाई राष्ट्र निर्माणका लागि स्वदेश फर्काउने सपना भएको बताए । नेपालमा सडक, रेलमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलहरु बन्ने प्रक्रियामा अगाडि बढेकाले अब नेपालीहरु बिकास हेर्न विदेश जानु नपर्ने स्थिति पैदा भएको उनले दाबीसमेत गरे ।

उनले संसारभरका नेपालीले मतदानको अधिकार प्रयोग गर्न पाउनुपर्छ भन्ने केपी ओली नेतृत्वको सरकारको मान्यता भए पनि अहिलेको सरकारले त्यो प्रक्रिया अघि नबढाएको आरोप समेत लगाए ।

कार्यक्रममा एमाले सांसद डा. राजन भट्टराईले चीन र भारतसँग राम्रो सम्बन्ध बनाएर नेपालले फाइदा लिनुपर्ने बताए । नेपाल-भारत प्रवुद्ध समूहका सदस्य समेत रहेका डा. भट्टराईले भने, ‘एसियामा चीन र भारतको सम्बन्ध राम्रो भएको बेला हाम्रो सम्बन्ध भारतसँग असामान्जस्यता राम्रो होइन । हामीले उनीहरुको रिलेशनबाट फाइदा लिनुपर्छ ।’

कार्यक्रममा न्यु साउथवेल्सका कन्सुलर दिपक खड्का, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्यक्ष दिनेश पोखरेल, प्रवासी नेपाली मञ्चका पूर्वअध्यक्षहरु डा. जगदिश तिमल्सिना र डा. विनोद श्रेष्ठ, अष्ट्रेलियामा क्रियाशील सामाजिक संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो  ।

कार्यक्रम ओभरसिज नेपाली फोरम अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment