Comments Add Comment

प्रचण्ड प्लानः चुनावको तयारी गर्न आयोगलाई पत्र, संशोधन पनि अघि बढाउने

१७ माघ, काठमाडौं । सरकारले आगामी वैशाख मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाउने भएको छ ।

चुनावको प्रक्रिया अघि बढाउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार सत्तारुढ कांग्रेस र मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका थिए । बैठकमा मधेसी मोर्चाका नेताहले परिमार्जनसहित संविधान संशोधन नभई चुनावमा भाग नलिने र हुन नदिने चेतावनी दिएका छन् ।

तर, प्रधानमन्त्री प्रचण्डले भने चुनावको तयारी गर्न आयोगलाई भन्ने बताएका छन् । स्रोतका अनुसार मन्त्रिपरिषदले वैशाख मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाउने तयारी गरेको छ ।

चुनावको औपचारिक मिति घोषणा भने संविधान संशोधनबारे संसदले निर्णय लिएपछि हुनेछ ।

यसका लागि संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई तत्काल अघि बढाइने प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमनन्त्री प्रचण्डले संशोधन विधेयक पास फेल जे भएपनि चुनाव जाने कि नजाने प्रष्ट आफ्नो धारणा लिएर आउन मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरेकोे एक नेताले बताए ।

माओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘मधेसी मोर्चाले समर्थन नै गरेन र, भोट पनि नदिने हो भने सोच्नुपर्छ । नभए अब संविधान संशोधन प्रक्रिया अघि बढ्छ ।’

प्रधानमन्त्री प्रचण्डले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेकाले अब स्थानीय तहकै चुनाव हुने भन्दै यसबारे धारणा बनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment