Comments Add Comment

फ्रेस फेसः ‘अनमोलकी प्रेमिका बन्न चाहने सपना, बोल्ड हुँदा छैन आपत्ती’


चलचित्र ‘उहिले बाजेको पालामा’मा काम गरेकी ‘मिस मंगोल २०१२’की विजेता सपना रोका चलचित्र क्षेत्रमै जम्न चाहन्छिन् । यो चलचित्रमा गाउँले यूवतीको भूमिकामा देखिएकी यी सुन्दरी अब भने बोल्ड भूमिका गर्न चाहन्छिन् ।

सपनासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः


अनलाइनखबरको ‘फ्रेस फेस’ अन्र्तगत रहेर कुराकानी गर्ने क्रममा उनले आफ्नो समाजसेवाको चाहना पनि सुनाइन् । सपना अहिले समाजसेवामा पनि व्यस्त छिन् ।

समाजसेवा र चलचित्र कर्मलाई एकसाथ अगाडि बढाउन चाहने सपनाले नायक अनमोल केसीसँग पर्दामा रोमान्स गर्न मन लागेको सुनाइन् । भनिन्-‘जसलाई पनि हिट कलाकारसँग नै काम गर्न मनलाग्छ नि ।’

सपना चलचित्रमा आफूलाई बोल्ड भूमिका गर्न मन लागेको सुनाउँछिन् । उनले भूमिका र पहिरन दुबैमा बोल्ड हुन आफूलाई आपत्ती नहुने सुनाइन् ।
चलचित्र ‘डू यू लभ मी’मा काम गरेकी यी सुन्दरीलाई सानैबाट यो क्षेत्रमा काम गर्न मन लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment