Comments Add Comment

‘राधे’मा निखिल र प्रियंकाको रोमान्स (भिडियो)


नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीले पहिलो पटक एकसाथ पर्दा शेयर गरेको चलचित्र हो, ‘राधे’ । यो चलचित्र आउँदो बर्षको वैशाख १ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रमा समावेश ‘मलाई माफ गर’ बोलको गीत छायांकनपछि चर्चामा थियो । सोहि गीतको भिडियो सार्वजनिक गरिएको छ । सुशिल पोखरेलको निर्माणमा तयार भएको यो चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गरेका हुन् ।

चलचित्रको यो गीतमा अर्जुन पोखरेलको संगीत, अभिजित भट्टचार्यको स्वर छ । गीतमा कालिञ्चोकको रमणिय दृश्य देखाइएको छ । रामजी लामिछानेले गीतको कोरियोग्राफी गरेका हुन् ।

प्रियंका रोमान्टिक मुडमा देखिएकी छिन् भने निखिल उनलाई फकाउँदै छन् । लोकेसनको हिसाबले गीतको भिडियो उत्कृष्ट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment