Comments Add Comment

माल्भिका भन्छिन्-‘काममा जाँदा छोराको हाँसो मिस गर्छु’


पूर्व मिस नेपाल माल्भिका सुब्बाले छोरालाई जन्म दिएको १० महिना भयो । उनले यो अवधीमा आफ्नो तौल धेरै घटाइन् । गर्भवतीको समयमा ८८ केजी थियो, उनको तौल । तर, अहिले उनी ६४ केजीकी छिन् ।

आखिर, कसरि घट्यो त माल्भिकाको तौल ? उनी भन्छिन्-‘सुरुमा त बच्चा जन्मने वित्तिकै काममा जानुपर्छ भन्ने दिमागमा चलिरहेको थियो । यसैले चिल्लो केहि पनि खाइन् । पानी, चिकेन सुप र फलफूल धेरै खाएँ । दिउँसो सुत्ने काम गरिनँ । छोरा धेरै नसुत्ने भएकाले बोकेर हिड्नु पथ्र्यो । यसैले पनि तौल घटाउन सजिलो भयो ।’

उनले सन्तान जन्माएपछि १५ दिनमा १३ केजी तौल घटाएकी थिइन् । सन्तानलाई जन्म दिएको साढे ३ महिनापछि उनी सार्वजनिक कार्यक्रममा जान थालेकी थिइन् ।
सुरुमा त धेरैले कती धेरै मोटाएकी भन्दा माल्भिका जवाफ दिने गर्थिन्-‘मेरो भर्खरै छोरा जन्मिएको छ, थाहा छैन ।’ ४-५ महिनासम्म त उनी मोटी नै देखिएकी थिइन् । उनलाई शरीर मोटाएपछि लाग्थ्यो कि, अब म पुरानै फिगरमा फर्किन्छु कि फर्किन्न होला ?

छोरालाई जन्म दिएको २ महिनासम्म त उनी र उनका पति रीयाजले मात्र हेरेका थिए । तर, जब माल्भिका काममा जान थालिन्, यसपछि रीयाजका आमा-बुबाले नातीलाई स्याहार गर्न थालेका थिए ।

काममा भएको बेला छोराको के कुरा बढी मिस गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्-‘उसको हाँसो निकै राम्रो छ । उ १० महिना पुग्न आट्यो । घर पुगेपछि उसलाई मैले नै बोक्नुपर्छ । हरेक कुरामा उसलाई हाँस्नुपर्छ । मेरा छोरा एकदमै फन्नी छ । मलाई सोहि कुरा मिस हुन्छ ।’



 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment