Comments Add Comment

संविधान संशोधन थाती राखेर चुनावमा जान सकिन्नँ: बाबुराम

'दुई खाले अतिवादको प्रतिवाद गर्नुपर्ने समय आयो'

१९ माघ, विराटनगर । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनको प्रकृयालाई थाती राखेर चुनावमा जान नसकिने बताएका छन् । संविधानको स्वीकार्यता बढाउन तत्काल संशोधन प्रक्रिया अघि बढाउनु पर्नेमा उनले जोड दिएका छन् ।

मोरङ जिल्ला परिषदले बुधबार विराटनगरमा आयोजना गरेको ध्रुवीकरण सभालाई सम्वोधन गर्दै संयोजक भट्टराईले संशोधन प्रकृयालाई थाती राखेर अघि बढे यसले मुलुकलाई निकास दिन नसक्ने बताए । उनले संविधान संशोधनसँगै सहमतिमै राज्य, प्रदेश र स्थानीय तहको पुनर्संरचनाको टुंगो लगाउनु पर्ने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले अहिले मुलुक सामु एकल जातीय अहंकारवाद र सिके राउत मार्गको विखण्डनवाद हावी हुँदै गएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, ‘एकापट्टी उखान टुक्के नेताले अघि सारेको एकल जातीय अहंकारवादी छ भने अर्कोतिर सिके राउत मार्गको विखण्डनवाद हावी हुँदै जाँदा यो देशलाई विभिन्न बहानामा टुक्राउने कुरा गरेका छन् । दुई खाले अतिवादको प्रतिवाद गर्नु पर्ने समय आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment