Comments Add Comment

प्रियंका र दयाहाङको प्राेडक्शन कम्पनी खोल्ने योजना पछि सर्‍यो


नायिका प्रियंका कार्की र नायक दयाहाङ राइको निकटताको चर्चा त नेपाली चलचित्र बजारमा खुबै छ । दया र प्रियंकाले एकपछि अर्को चलचित्रमा काम गरेपछि यी दुइको निकटताको चर्चा सुरु भएको हो । चलचित्र ‘झोले’मा एकसाथ काम गरेपछि यी दुई नजिक भएका हुन् ।

गतबर्ष यो जोडीले चलचित्र प्रोडक्शन कम्पनी खोल्ने बताएको थियो । अनलाइनखबरसँगको कुराकानीमै प्रियंकाले दयासँग मिलेर प्रोडक्शन हाउस खोल्न लागेको बताएकी थिइन् ।

दयाले पनि यो कुरालाई स्पष्ट पारेका थिए । विशेषगरि, आफूहरुले चाहेर पनि गर्न नपाएको भूमिका आफ्नो प्रोडक्शन हाउसबाट बन्ने चलचित्रमा निर्वाहा गर्ने यी दुइको सोच थियो ।

यस्तै, नयाँ नयाँ प्रतिभालाई प्रोडक्शन हाउसबाट बन्ने चलचित्रमा अवसर दिने सोचाई पनि यी दुइले राखेका थिए । तर, अब यो प्रोडक्शन हाउसको काम अन्यौलामा परेको वुझिएको छ ।

दयाले आफू निकट चलचित्रकर्मीसँग तत्काल प्रोडक्शन हाउस नखोल्ने बताउँदै आएका छन् । नायिका प्रियंका कार्कीले अनलाइनखबरसँग भनिन्-‘हामीले तत्काल प्रोडक्शन हाउस खोल्ने कामलाई पछि सारेका छौ । संभवत अब सन् २०१८ मात्र यो काम सुरु हुन्छ होला ।’ उनका अनुसार, दुबै जना अत्यन्त व्यस्त भएपछि यो काम सुरु गर्न नसकिएको हो ।

दया र प्रियंका अहिले चलचित्र क्षेत्रका सवैभन्दा व्यस्त कलाकार हुन् । दयाको हातमा चलचित्रको चाङ लागेको छ भने पि्रयंका पनि चलचित्र र विज्ञापनका साथै विदेश कार्यक्रममा बढी व्यस्त छिन् । तर, प्रोडक्शन हाउस खोल्ने योजना पछि सरेपछि कतै दया र प्रियंकाको सम्बन्धमा कतै चिसोपना सुरु भएको त होइन भन्ने चर्चा चलचित्र बजारमा चल्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment