Comments Add Comment

अश्लिल गालीको प्रतिकार गर्नेलाई इलियानाले यसो भनिन्

‘म आफ्नो पूर्व ब्वाइफ्रेन्डको अश्लिल म्यासेज सबैको सामु एक्सपोज गर्दैछु । उसले मलाई ब्ल्याकमेल गर्छ । उसले मेरो लागि अर्को विकल्प दिएको छैन ।’

एक युवतीले यहि व्यहोरामा दिएको अभिव्यक्ति सहितको लेखलाई बलिउड अभिनेत्री इलियाना डिक्रुजले सोसल मीडियामा शेयर गरेकी छिन् । त्यतीमै उनी रोकिएकी छैनन् । इलियानाले लेखेकी छिन्, ‘यो घटना एकदमै लाजमर्दो छ । यस युवतीको हिम्मत देखेर म गर्व महसुष गरिरहेकी छु, जसले यस्तो व्यक्तिको फर्दाफास गरेको छ । तिमी जोसुकै होऔं तर मेरो दिलमा तिम्रो लागि सम्मान छ ।’

इलियानाले के पनि खुलाएकी छिन् भने उनी स्वंम यस्ता छेडछाडको शिकार भएकी छिन् । ‘मलाई खुसी लाग्छ कि, मेरो अभिभावकले जहिले पनि यसखाले चुनौतीसँग जुध्ने हिम्मत दिए’ इलियानाले भनेकी छिन्, ‘उनीहरुले मलाई हरेक नाराम्रो क्षणमा लड्ने ताकत दिए ।’ इलियानाले यो कुरा उक्त युवतीको म्यासेजलाई रिट्वीट गर्दै बताएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment