Comments Add Comment

बोल्ड सिनले विवादमा तान्यो ऐश्वर्यालाई

बलिउड अभिनेत्रीहरु विवाहपछि धेरै छानेर मात्र फिल्म खेल्छन् र हत्पत्ति ‘बोल्ड सिन’ पनि दिँदैनन् । यदि कुनै विवाहित नायिकाले यस्तो दृष्य दिएको खण्डमा विवादको सामना गर्नुपर्ने हुन्छ । यस्तै भएको थियो ऐश्वर्या रायलाई ।

ऐश्वर्याले हालै फिल्म ‘ए दिल है मुश्किल’ मा रणवीर कपूरसँग किस सिन दिँदा ठूलै खल्वली भएको थियो । उनले लामो अन्तरालपछि यो फिल्ममार्फत बलिउडमा पुनरागमन गरेकी थिइन् । तर यो फिल्मले उनलाई विवादमा तान्यो ।

त्यसो त विवाह गर्नुअघि ऐश्वर्याका लागि यस्ता सिनहरु मामुली थिए । जब हिन्दी सिनेमामा ऐश्वर्याको करिअर जमिरहेको थिएन, त्यतिबेला उनले केही साथ फिल्ममा पनि काम गरिन् । ती फिल्ममा उनले बेड सीन पनि दिएकी छिन् । यिनै फिल्ममध्येको एउटा थियो ‘चोखर बाली’ । यो फिल्म रविन्द्रनाथ टैगोरको उपन्यासमा आधारित थियो ।

यो फिल्मलाई बंगाली निर्देशक रितुपर्नो घोषले निर्देशन गरेका थिए । यस फिल्ममा ऐश्वर्याको साथमा अभिनेता प्रसेनजीत चटर्जी र अभिनेत्री राइमा सेनले काम गरेका थिए । फिल्ममा ऐश्वर्याले प्रसेनजीतसँग निकै बोल्ड सिन दिएकी थिइन् र यसको भिडियो पनि भाइरल बनेको थियो ।

यसका अलावा ऐश्वर्याले कयौं अंग्रेजी फिल्ममा पनि काम गरिन् । जसमा ‘ब्राइड एन्ड प्रेजुडिस’ एक थियो । फिल्ममा ऐश्वर्याले हलिउड अभिनेता मार्टिन हेन्डर्सनसँग काम गरेकी थिइन् । सो फिल्ममा पनि ऐश्वर्याले मार्टिनसँग एउटा बेडरुम सिन दिएकी थिइन् । यो सिन इन्टरनेटमा लिक भएपछि ऐश्वर्या मौन बसिन् ।

अहिले उनी अभिषेक बच्चनसित बिहे गरेर सेटल भइसकेकी छिन् । उनीहरुको एउटी छोरी आराध्या छिन् । ऐश्वर्याले हालै संजय लीला भन्सालीको आगामी फिल्म पद्मावतीमा एउटा गीतको सुटिङ गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment