Comments Add Comment

वैदेशिक रोजगारी: फिलिपिनो युवती बनिन् मधेसकी बुहारी

२० माघ, सप्तरी । वैदेशिक रोजगारीले हाम्रो समाजलाई केही धनी बनाएको छ । तर, ठीक उल्टो हेर्ने हो भने केहि सामाजिक विकृत्तिहरु पनि ल्याइदिएको छ ।

वैदेशिक रोजगारी अब यतिमै सिमित रहेन् । अब वैदेशिक रोजगारीले माया, प्रेमसहित वैवाहिक अवसर पनि जुटाउँदै गएको छ ।

सप्तरीका एक युवक वैदेशिक रोजगारीकै क्रममा माया, प्रेम गर्दै एक जना युवतीलाई आफ्नो घर भित्र्याएर विवाह नै गरेका छन् ।

केहि बर्षअघि रोजगारीका निम्ति मलेसिया गएका सप्तरीको कंचनरुप नगरपालिका ८ निवासी सौरभ श्रेष्ठले मलेसियामा कार्यरत रहेकी फिलिपिन्सकी एक युवतीसँग प्रेम गरी विवाह गरेका छन् ।

फिलिपिन्सको बयानन भन्ने ठाउँकी जेनिभी जेवियर डल्लाभिन सप्तरीका सौरभसँग वैवाहिक बन्धनमा बाँधिएकी छन् र, मधेसकी बुहारी बनेकी छन् ।

केहि बर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका सौरभको मलेसियामै फिलिपिन्सबाट आएर काम गर्दै आएकी जेनिभीसँग प्रेम भएको थियो । दुबै जनाबीच गहिरो प्रेम भएपछि दुबैले मलेसियामै विवाह गरे । यी दुई जनाबाट एक छोरी पनि मलेसियामै जन्मेको छ ।

छोरी जन्मिए लगत्तै दुबै जना छोरीसहित सप्तरी आएपछि यहाँ पनि एक सन्तानको जन्म भएको छ छोराको रुपमा । ‘हाम्रो गहिरो प्रेमलाई हामीले विवाहको रुपमा परिणत गरेका छौं’ थोरै नेपाली बोल्न आउने जेनिभीले भनिन्, “हामीलाई परिवारले पनि स्वीकार गरिसकेका छन् ।”

३३ बर्षीया जेनिभी सप्तरी आएपछि यहाँको समाज र वातावरण आफूलाई औधी मन परेको बताइन् । उनले भनिन्, “सौरभसँग म खुशीसाथ जीवन यापन गरिरहेको छु ।’

यसैबीच जेनिभी बिहीबारदेखि नेपाली नागरिक बनेकी छन् । उनलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार पति सौरभको नाममा वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ ।

जेनिभीलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले नागरिकता हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment