Comments Add Comment

तेरिया भन्छिन्–‘विदेशमा बसेर मलाई ‘नेपालकी तेरिया’ भनेर चिनाउँछु ’(भिडियो)


भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा’को नवौ सिजन जितेको केहि दिनपछि नेपालकी तेरिया मगर नेपाल आइपुगेकी छिन् । उनी, शुक्रबार बेलुकी नेपाल आएकी हुन् ।

तेरियाले पत्रकार सम्मेलनमा के भनिन्, भिडियो यहाँ हेर्नुहोस्:

नेपाल आएको भोलीपल्ट अर्थात आज शनिबार रिपोर्टस क्लब नेपालमा आयोजना भएको पत्रकार सम्मेलनमा उनी पुगिन् । उनलाई मिडियासँग दोहोरो गफगाफ गर्न भने दिइएन । तर, आफ्नो भनाई राख्दै तेरियाले सबै सहयोगी नेपालीहरुलाई धन्यवाद दिइन् । उनले आफू नेपाल बस्छ या बस्दैन भनेर विभिन्न खालका चर्चा भएको भन्दै भनिन्–‘नेपालमा पनि डान्सको संभावना छ । तर, म नेपाल बसेर काम गरे भने सबैले तेरिया भनेर चिन्छन् । तर, नेपाल बाहिर बसेर काम गरे भने सबैले नेपालकी तेरिया भनेर चिन्छन् ।’

उनले सधै आफूलाई यसरि नै सहयोग गर्न नेपालीलाई आग्रह गरिन् । उनले आफूलाई नेपालकी तेरिया भनेर चिनिनु छ भनिन् । तेरियाले ‘तेरिया मगर फाउन्डेशन’लाई पनि अगाडि बढाउने बताइन् । आफूले कमाएका रकममध्येको केहि रकम यो फाउन्डेशनमा राख्ने र ठूली भएपछि आफै ह्यान्डल गर्ने समेत बताएकी छिन् ।
तस्बिर/भिडियोः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment