Comments Add Comment

प्रियंका कार्की भारतीय चाउचाउको विज्ञापनमा

काठमाडौं । नायिका प्रियंका कार्कीले भारतीय विज्ञापनमा मोडलिङ गरेकी छिन् । इटो चाउचाउको विज्ञापनमा दुई बच्चाको आमाको भुमिकामा देखिएकी प्रियंकाको यो पहिलो भारतीय विज्ञापन हो ।

आसिफ शाहको निर्देशनमा बनेको उक्त विज्ञापनको सुटिङ नेपालमै गरिएको थियो । विज्ञापनमा दुई भारतीय बाल कलाकारले पनि अभिनय गरेका छन् । उक्त विज्ञापन केहि दिनमै भारतीय च्यानलवाट प्रशारण हुने भएको छ । पछिल्लो समयकी ब्यस्त नायिका प्रियंकाले म्युजिक भिडियो र नेपाली विज्ञापनमा समेत अभिनय गरेकी छिन् ।

यसअघि नायिका निरुता सिंहले पनि भारतीय विज्ञापनमा मोडलिङ गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment