Comments Add Comment

स्वस्तिमाको क्याटवाक र मुस्कान


नायिका स्वस्तिमा खड्का चलचित्र ‘लभ लभ लभ’को रिलिज दिन नजिकिदै जाँदा उत्साहित छिन् । निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि केहि समय पर्दा पछाडि नै रहेकी स्वस्तिमा अहिले धमाधम चलचित्रमा काम गरिरहेकी छिन् । चलचित्र ‘लभ लभ लभ’ उनकै कारणले पनि चल्नुपर्ने हुन्छ । उनले दीपकराज गिरी र विकास आचार्यले मिलेर बनाउन लागेको चलचित्र ‘निरञ्जना’मा पनि अनुवन्धित भैसकेकी छिन् ।

उनै, स्वस्तिमा शनिबार काठमाण्डौमा आयोजना भएको ‘कायरा रन वे’मा क्याटवाक गर्दै स्टेज चढिन् । उनले दर्शकलाई अभिवादन गरिन् । पहिरन केहि लामो भएकाले उनलाई सम्हाल्न निकै गाह्रो भैरहेको थियो । तर, पनि मुस्कुराउँदै स्टेज चढेकी स्वस्तिमाको पहिरन र स्टाइललाई दर्शकले हुटिङ गरेर साथ दिएका थिए ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment