Comments Add Comment

सिद्धार्थ बिजनेश ग्रुपको हस्पिटालिटी इन्ष्टिच्युट काठमाडौंमा


२३ माघ, काठमाडौं । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी १९ बर्षमा प्रवेश गरेको छ । वाषिर्क उत्सबकै अवसर पारेर सिद्धार्थ गु्रपले सिद्धार्थ इन्ष्टिच्युट अफ हस्पिटालिटी सुरु गरेको छ ।

पर्यटन ब्यवसायका क्षेत्रमा आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएका सिद्धार्थ इन्टि्रच्युटले स्वदेशी तथा बिदेशी कलेजहरुसँग सम्बन्धन लिएर सर्टिफिकेट, डिप्लोमा र एक्जुकेटिभ डिप्लोमा लेबलका कोर्षहरु सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

काठमाडौंको बानेश्बरचोक नजिकै कार्यालय रहेको सिद्धार्थ इन्टि्रच्युटको पर्यटन राज्यमन्त्री इन्द्रबहादुर बानियाले उद्घाटन गरे ।

सिद्धार्थ इन्टि्रच्युटको उदघाटन गर्दे राज्यमन्त्री बानियाले पर्यटन प्रबर्द्धन र हस्पिटालिटी ब्यबसायका क्षेत्रमा सिद्धार्थ गु्रपले अग्रणी भूमिका खेलेको बताउँदै पर्यटन ब्यबसायका क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा इन्टि्रच्युटले महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताए ।

वाषिर्क उत्सबकै अबसरमा सिद्धार्थ ग्रुपका देशै भर रहेका शाखाहरुले बिभिन्न रचनात्मक कि्रयाकलापहरु गरेर मनाएका छन ।


नेपालगन्जको सिद्धार्थ कटेज र होटल सिद्धार्थले संयुक्त रुपमा रक्तदान तथा नेपालगन्जको सुर्खेत रोडमा बृक्षारोपण गरेका छन । रक्तदान कार्यक्रममा सिद्धार्थ गु्रपका ३३ सदस्यहरुले रक्तदान गरेका थिए ।

त्यसै गरी सिद्धार्थ गु्रपको टिकापुर ब्रान्चले टीकापुर अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ भने कणर्ाली चिसापानी तथा र सुर्खेत ब्रान्चले नगर सरसफाई गरेका छन् । त्यसैगरी बुटबल ब्रान्चले ज्ञान ज्योति पुस्तकालयलाई फर्निचर वितरण गरेको छ ।

त्यसैगरी काठमाडौंको सुन्धारा, पुरानो बानेश्बर, तीनकुने र ललितपुरको धोबीघाट ब्यान्चले संयुक्त रुपमा दुर्गम क्षेत्रमा गरिब बिपन्न एब भुकम्प प्रभावित परिवारका सामुदायिक बिद्यालयबाट एलएलसी पास गरेका ५ जना जेहेन्दार बिद्यार्थीहरुलाई गु्रपद्धारा सञ्चालित सिद्धार्थ इन्ष्टिच्युट अफ हस्पिटालिटीमा आबासीय सुबिधासहित छात्रबृत्ति उपलब्ध गराउने घोषणा गरेका छन ।


करिब २ दशकको अबधिमा यस ग्रुपले आफ्नो ब्यवसायलाई बिस्तार गर्दै पश्चिमको कैलाली देखि काठमान्डौ सम्म रेष्टुरेन्ट, रिर्साेट, होटेल, हस्पिटालिटी इन्ष्टिच्युट, ट्रेड बिजनेश र बेकरी उद्योग गरी १७ वटा शाखाहरु संचालन गर्दै आएको आएको छ ।

ती १७ वटा शाखाहरुमा करिब १ हजार जना कर्मचारीहरुलाई रोजगारीको अबसर समेत प्रदान गर्दै आएको छ । सिद्धार्थ गु्रपले निकट भबिश्यमै पुर्बी नेपाल लगायत देशका अन्य स्थानहरुमा नयाँ शाखा स्थापनाका लागि अध्ययन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment