Comments Add Comment

मोबाइलमा अश्लील सामग्री राखेको भन्दै मलेसियामा नेपालीलाई एक वर्ष जेल सजाय


२४ माघ, क्वालालम्पुर । मोबाइलमा अश्लिल सामाग्री राखेको आरोपमा मलेसियामा एक नेपालीलाई एक वर्ष जेल सजाय सुनाइएको छ ।

एक अदालतले २९ वषर्ीय भेटलबहादुर बमलाई जेल सजाय सुनाएको हो । क्लिनरका रुपमा कार्यरत उनीमाथि मोबाइलमा पाँच अश्लिल समाग्री राखेको अभियोग छ ।

युवकले प्रहरीसामु आफ्नो कमजोरी स्वीकार गरेका छन् ।

उनीमाथि लागेको अभियोगमा तीन वर्षसम्म कैद वा जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment