Comments Add Comment

विश्वकै लामो उडान रुटमा कतार एयरवेजको सेवा सुरु


२४ माघ, काठमाडौं । कतार एयरवेजको बोइङ ७७७ ले विश्वकै लामो रुट दोहा देखि न्युजिल्याण्ड सम्मको रुटमा सफल उडान भरेको छ ।

कतार एयरवेजका अनुसार दोहाबाट उडेको विमान १७ घन्टा ३० मिनेट आकाशमा उडान भरेर न्युजिल्याण्डमा ओर्लिएको छ । विमानले १४ हजार ५ सय ३५ किलोमिटर लामो दुरीको उडान भरेको हो ।

उडान भर्ने यात्रुमा कतार एयरवेज ग्रुपकै कार्यकारी प्रमुख अकबर अल बेकर पनि थिए । उनलाई न्यजिल्याण्डका ब्यापार मन्त्री टोड म्याककेले ले अकल्याण्न्ड एयरपेार्टमा स्वागत गरकेा थिए ।

कतार एयरवेज ग्रुपका कार्यकारी प्रमुख बेकरले भने ‘ अकल्यान्डसम्मको उडान हामीले सुरु गरेका छौ, विश्वभर उडान बिस्तारका क्रममा यो हाम्रो लागि कोषेढुङ्गा साबित भएको छ । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment