Comments Add Comment

भारतीय अखबार भन्छ-नेपालमा चीनको लगानी ६८ प्रतिशत पुग्यो

२५ माघ, नयाँ दिल्ली । चीनले नेपालमा प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) बढाएका कारण उसको आर्थिक प्रभाव नेपालमा निरन्तर रुपमा बढिरहेको एक भारतीय अखबारले उल्लेख गरेको छ ।

टाइम्स अफ इन्डियाले नेपाली अधिकारीहरुलाई उल्लेख गर्दै चालु आर्थिक वर्षमा चीनले नेपालमा ६८ प्रतिशतभन्दा एफडीआईको प्रतिवद्धता रहेको समाचारलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।

आर्थिक वर्ष २०१५-२०१६ मा चीनको नेपालमा एफडीआई ४० प्रतिशत रहेको सो अखबारको भनाइ छ । “नेपालको उद्योग विभागका अनुसार नेपालको चालु आर्थिक वर्षमा प्रतिवद्धता गरिएको ७६.३९ मिलियन अमेरिकी डलरमध्ये चीनको मात्र ५१.७७ मिलियन अमेरिकी डलर हिस्सा रहेको छ,” सो रिपोर्टमा भनिएको छ । तर, भारत भने एफडीआईमा तेस्रो स्थानमा रहेको छ ।

भारतीय अधिकारीहरुले भने आफूहरुले काठमाडौंलाई गर्ने सहयोगलाई एफडीआई मात्रमार्फत मापन गर्न नसकिने बताएका छन् । उनीहरुले भारतले नेपाललाई प्रत्येक वर्ष ५०-७० मिलियन डलरको सहयोग गरिरहेको बताएका छन् ।

गत वर्ष नेपालले बेलायत, अमेरिका, जापान,चीन र स्वीटजरल्याण्डलाई पाँच उत्कृष्ट द्वीपक्षीय सहयोग गर्ने मुलुकको रुपमा घोषणा गरेको र पाँच वर्षको दौरानमा भारतलाई पहिलोपटक यो सुची बाहिर राखिएको सो अखबारले उल्लेख गरेको छ ।

नेपालको अर्थमन्त्रालयको रिपोर्टलाई उल्लेख गर्दै गत वर्ष भारतले नेपाललाई दिने द्वीपक्षीय सहयोग सन् २०१४-२०१५ मा ४७ मिलियन अमेरिकी डलरबाट २२ मिलियन अमेरिकी डलरमा घटेको थियो । तर भारतीय विदेश मन्त्रालयले यो तथ्याङकलाई गलत रुपमा प्रस्तुत गरेको बताएको सो अखबारको रिपोर्टमा उल्लेख छ ।

उसले सो आर्थिक वर्षमा भारतले नेपालाई झण्डै ७० मिलियन अमेरिकी डलर उपलब्ध गराएको भारतीय अधिकारीहरुले भनेको सो अखबारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment