Comments Add Comment

नेपाल बैंकको नाफा ८० प्रतिशत वृद्धि, सेयर अवमूल्यन

प्रतिसेयर आम्दानी समग्र क्षेत्रकै उच्च


२५ माघ, काठमाडौं । चालु आवको दोस्रो त्रैमाशमा नेपाल बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ८० प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमाशमा १ अर्ब ४ करोड रुपैयाँ कमाएको बैंकले यो त्रैमाशमा १ अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४० प्रतिशतले बढेर २ अर्ब ५४ करोड पुगेको छ । त्यस्तै फि, कमिशन, डिस्काउन्ट, बिदेशी मुद्रा बिनिमय लगायतबाट भएको अन्य आम्दानी पनि ३४ प्रतिशतले बढेर करिब ४५ करोड पुगेको छ । बैंकले यस अघि प्रावधानमा राखेका २७ करोड १३ लाख रुपैयाँ मात्र फिर्ता ल्याएको छ । बैंकले १ करोड रुपैयाँसम्मको आवासीय कर्जा र अन्य रियल इस्टेटमा कुल कर्जाको १२.८७ प्रतिशत लगानी गरेको छ । यता, रियल इस्टेट कर्जा, होम लोन, मार्जिन कर्जा र ओभरड्राफ्ट लोनमा कुल कर्जाको ५५ प्रतिशत लगानी गरेको छ ।

बैंकले निक्षेप संकलन करिब ६ प्रतिशत र कर्जा लगानी २८ प्रतिशतले वृद्धि गरेको छ । बैंकसँग कर्जा लगानी योग्य रकम अझै ४.११ प्रतिशत बराबर छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १२.२१ प्रतिशत छ । खराब कर्जा अनुपात केही घटेर २.८५ प्रतिशत, पुँजी कोष लागत १.९६ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी ५८.३१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६.९५, प्रतिसेयर नटवर्थ १ सय ३५ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी यस क्षेत्रकै उच्च रहेको छ भने यता मूल्य आम्दानी अनुपात निकै कम छ, यसले बैंकको सेयर अवमूल्यन भइरहेको देखाउँछ । बैंकको सञ्चित नोक्सान पनि सुधारिएर २ अर्ब २६ करोड रुपैयाँले सकारात्मक भएको छ । त्रैमाश अन्त्यमा बैंकको सेयर ४ सय ५ रहेको थियो । हाल भने बैंकको सेयर थप सस्तिएर ३ सय ५२ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment