Comments Add Comment

मोन्टे कार्लो ब्राण्डका फेसन वेयरमा ७० प्रतिशतसम्म छुट

 


२५ माघ , काठमाडौं । प्रख्यात फ्रान्सेली फेसन ब्रान्ड ‘मोन्टे कार्लो’ ले अाफ्ना आकर्षक छुटको घोषणा गरेको छ । दबारमार्गमा रहेको आफ्नो शो-रुमहरुबाट मोन्टे कार्लोले ७० प्रतिशतसम्म छुटसहित सेल अफर ल्याएको मोन्टे कार्लोकी सेल्स म्यानेजर निशी शर्माले जानकारी  दिइन् ।

दरबारमार्गस्थित हट ब्रेड विल्डिङमा रहेको सोरुम अब शेर्पा मलको ग्राउण्ड फ्लोरमा सर्ने भएकाले स्टक क्लियरेन्स गर्नका लागि निश्चित क्यिरेन्स आइटममा मात्र ७० प्रतिशतसम्म छुट दिइएको उनले बताइन ।
‘यो क्लियरेन्स सेल हो, स्टक क्लियरेन्समा मात्र उपलब्ध छ’ उनले भनिन-‘सो रुम सार्न लागेको हुँदा हामीले दरबारमार्गको सोरुममा मात्र यो अफर दिएका हौं ।’

त्यस बाहेकका अन्य अाइटमहरूमा भने१५ देखि ५० प्रतिशतसम्मको छुट  दिइएको छ ।

नेपालमा जम्बो क्रियसन एण्ड फेसनले ‘मोन्टे कार्लो’का उत्पादन बिक्री गर्दै आएको छ ।

 

विश्वभर ख्याती कमाएको फेसन ब्रान्ड मोन्टे कार्लो नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ । अहिले मोन्टे कार्लोका नियमित ग्राहकहरु उच्च दरमा बढ्ने क्रममा रहेको शर्माले बताइन ।

ऊनीका स्वीटरमा मोन्टे कार्लो प्रख्यात मानिन्छ । मान्टे कार्लोका स्वटेरमा शत प्रतिशत ऊन प्रयोग गरिन्छ । सोरुममा टिसर्ट, सर्ट, ट्रयाकसुट, ट्राउजर, पाइन्ट, ज्याकेट, हुड, जम्पर, फर्मल पाइन्ट लगायत उपलब्ध छन् ।

महिलाका लागि कुर्ती, कुर्ती सेट, ट्रयाकसुट, ज्याकेट, लङकोट, हुड, फुल स्लिप टिसर्ट, जम्पर, स्वेटर, लेगिन्स लगायतका कपडाहरु मोन्टेकार्लोले बेच्ने गरेको छ ।

मोन्टे कार्लोका यी सबै कपडाहरु भारतको लुदियानामा रहेको उद्योगबाट आयात गरिँदै आएको छ । नेपालमा मोन्टे कार्लोका ग्राहक मध्यम तथा उच्च वर्गका हुने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment