Comments Add Comment

दिब्यश्वरी हाइड्रोपावरको सेयर कारोबार ११६ देखि ३४८ रुपैयाँमा हुनसक्ने

 


२५ माघ, काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर कारोबार ११६ देखि ३४८ रुपैयाँबाट हुन सक्ने देखिएको छ । कम्पनीले नेप्सेमा बुझाएको वित्तीय प्रतिवेदन अनुसार प्रतिसेयर नेटवर्थ १ सय १६ रुपैयाँ रहेको छ ।

नेप्सेले कम्पनीहरुलाई पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य दिने व्यवस्था रहेको छ । यसआधारमा ११६ देखि ३४८ रुपैयाँको मूल्य ब्याण्ड पाउँने भएको हो । यद्यपी कम्पनीले नेप्सेमा सेयर सूचीकरणको क्रममा परिस्कृत लेखा परिक्षण भएको विवरण पेश गरेको छैन् । सेयर कारोबार खुल्ने आगामी सोमबारअघिसम्म यो पेश भएमा र नेटवर्थ फरक देखिएमा मूल्य ब्याण्ड फेरिन सक्छ ।
अहिले पेश भएको विवरणको आधारमा नै मूल्य पाएमा र माथिल्लो मूल्य (३४८रुपैयाँ)बाट कारोबार भएमा पनि १ सय रुपैयाँमा सेयर किनेका लगानीकर्तालाई साढे ३ गुणासम्म फाइदा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment