Comments Add Comment

जोशी हाइड्रोपावरले पायो खराब रेटिङ, १८ लाख कित्ता सेयर दिने


२५ माघ, काठमाडौं । १८ लाख कित्ता सेयर जारी गर्न लागेको जोशी हाइड्रोपावर कम्पनीले रेटिङ कम्पनी इक्रा नेपालबाट खराब रेटिङ पाएको छ । सर्वसाधारणमा १४ लाख ४७ हजार र स्थानीयमा ३ लाख ७१ हजार कित्ता सेयर जारी गर्न लागेको कम्पनीले इक्राबाट सबैभन्दा तल्लो तहको रेटिङ पाएको हो । कम्पनीको समग्र अवस्थाको आधारमा कम्पनीलाई दिइएको  ग्रेड फाइभ रेटिङले आधारभुत पक्ष कमजोर रहेको संकेत गर्छ ।

हाल कम्पनीबाट सञ्चालनमा रहेको अपर पुवा १ मा पेनाल्टी तिरिरहनु परेको छ । विद्युत् प्राधिकरणसँगको सम्झौता अनुसार पावर लोड फ्याक्टर ६५ प्रतिशत हुनुपर्नेमा मात्रै ४४ प्रतिशत खुद उत्पादनको कारण पेनाल्टी तिर्नुपरिरहेको हो । कम्पनीले स्थानीय बासिनदाहरुले कृषि खेतीको लागि मुहान माथीबाट सिचाईको लागि पानी लगेको कारण उत्पादन कम भएको बताएका छन् ।

शुरुमा अपर पुवा १ बाट १ मेगावाटभन्दा पनि कम (०.९८) विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएकोमा पछि यो लक्ष्य ३ मेगावाट पु¥याइएको थियो । लक्ष्यभन्दा १३ महिना पछि व्यवसायिक विद्युत् उत्पादन थालेको कम्पनीको विद्युत् खरिद सम्झौता पनि दुई पटक भएको थियो । हाल सुख्खा याममा यो आयोजनाबाट उत्पादित बिद्युत् सुख्खायामको लागि प्रतिशत युनिट ८ रुपैयाँ र वर्षायामको लागि ४ रुपैयाँको दरमा खरिद गर्ने सम्झौता रहेको छ । कम्पनीसँग भएको १ मेगावाटभन्दा (९८५ किलोवाट)कम विद्युत्को सम्झौतामा व्यवसाियक उत्पादन भएको ७ वर्षसम्म बार्षिक ३ प्रतिशतले दर बढ्ने भनिएको छ भने बाँकी २०१५ किलोबाटको लागि ५ वर्षसम्म यस्तो वृद्धिदर दिने उल्लेख गरिएको छ ।

५६ करोड ४० लाख रुपैयाँ लागतमा बनेको यो आयोजना निर्माणमा ऋणको योग्दान ६५ प्रतिशत सेयर पुँजीको योग्दान ३५ प्रतिशत रहेको छ । कम्पनीले जुलाई २०१६ सम्ममा यो आयोजनाको लागि लिइएको ३५ करोड ७० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ । कम्पनीले ऋण तिर्ने उदेश्यले नै सेयर जारी गर्न लागेको जस्तो देखिन्छ ।

कम्पनी २०१६ जुलाईमा १ करोड ५० लाख नोक्सानमा रहेको देखिन्छ । यसमा कम्पनीले तिर्न बाँकी रहेको पेनाल्टी रकम र रोयल्टि भने नजोडिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment