Comments Add Comment

संविधान संशोधनपछि मात्र स्थानीय चुनावः मन्त्री पाण्डे


२५ माघ, काठमाडौं । स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान संशोधन भएपछि मात्र स्थानीय तहको निर्वाचन गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सरकारले असन्तुष्ट सबै पक्षको माग पूरा गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाएको बताए । संविधानको स्वीकार्यता बढाएर मात्र निर्वाचन गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ ।

मन्त्री पाण्डेले सबै पक्षले निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन लागि परेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment